News Category 2074/01/14
मुलुकलाई मधेशले मात्र जोगाउन सक्छ ः शिवसेना अध्यक्ष बम
दैनिक समाचारदाता
राजविराज, १३ बैशाख ।
शिवसेना पार्टी नेपालका केन्द्रिय अध्यक्ष विक्रम बहादुर बमले ९४ प्रतिशत हिन्दुहरुलाई वेवास्ता गर्दै राज्यले धर्म निरपेक्ष राज्य घोषणा गरेकोप्रति आपत्ति जनाउनु भएको छ ।
नेपाल अधिराज्यको संविधान २०४७ पुनस्थापना गर्न गठित राष्ट्रिय एकता अभियानले बुधबार राजविराजमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष बमले सो आपत्ति जनाउनु भएको हो ।
आयोजित पत्रकार सम्मेलनमा उहाँले राज्यले ९४ प्रतिशत हिन्दुहरुलाई वेवास्ता गर्दा गर्दै ५१ प्रतिशत मधेशीलाई समेत अधिकारबाट बञ्चित गरेको आरोप लगाउनुभयो ।
अध्यक्ष बमले मुलुकको पहिलो नागरिक मधेशी नै रहेको भन्दै अब मुलुकलाई मधेशले मात्र जोगाउन सक्ने दाबी समेत गर्नुभयो ।
सो सम्मेलनमा अध्यक्ष बमले राष्ट्रिय शक्तिको निर्माण गर्न नेपाललाई बिश्वको एक मात्र हिन्दु राष्ट्रको पहिचान दिलाउन सम्पूर्ण हिन्दुहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
बमले जनआन्दोलनको भावना विपरीत बिदेशिको इशारामा नेपालले धान्ने नसक्ने नेपालको संविधान २०७२ खारेज गरी २०४७ सालको संविधान लागु पर्नुपर्नेमा जोड समेत दिनुभयो ।
पार्टीका आर्जु थापा समेतको सहभागितामा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय एकता अभियान बैशाख ९ गतेदेखि संचालनमा गरिएको उहाँले जानकारी दिदै अभियानमा राष्ट्रिय शिवसेना पार्टी, पुरानो शक्ति अभियान नेपाल, राष्ट्रवादी विकासशिल अभियान, नेपाली काँग्रेस राष्ट्रवादी, हिन्दु प्रतिष्ठान नेपाल र ऊँ हिन्दु धर्म संरक्षण नेपाल समेतको सहभागिता रहेको बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ