News Category 2074/01/15
फोरम र राजपाबीच चुनाव र संघर्ष दुबैमा सहकार्य हुन्छ ः अध्यक्ष यादव
दैनिक समाचारदाता
काठमाडौं, १४ बैशाख ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच सहकार्य हुने बताउनु भएको छ ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा अध्यक्ष यादवले फोरम र राजपाबीच चुनाव र संघर्ष दुवैमा सहकार्य हुने स्पष्ट पार्नुभयो ।
उहाँले फोरम देशभर चुनाव लड्न चाहेको भन्दै अन्य पार्टीरुसँग पनि तालमेल गर्न सकिने संकेत दिनुभयो । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच चुनावमा तालमेल गर्ने सहमति भइसकेको समेत उहाँले जानकारी दिनुभयो ।
मधेसी मोर्चाका नेता यादवले संसदको प्रक्रियामा रहेको संविधान संशोधन विद्येयक १८ गतेभित्र पास हुनु पर्ने बताउनुभयो । सरकार, राजपा नेपाल र संघीय गठबन्धनबीच भद्र सहमति भएर नै संशोधन प्रस्ताव अगाडि बढाइएको भन्दै बैशाख १८ गतेभित्रै यसलाई संसदबाट अनुमोदन गराउनुपर्ने जिकिर गर्नुभयो ।
संघीय गठबन्धनका संयोजक समेत रहेका यादवले संशोधन प्रस्ताव पारित नभए निर्वाचनमा भाग नलिने चेतावनी दिदै प्रस्ताव पारित गराउन वातावरण बनाउनको लागि केही दिनका लागि मात्र संघर्षका कार्यक्रमहरु स्थगन गरेको स्पष्ट पार्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ