News Category 2074/01/15
प्रअले भ्रष्टाचार गरेको भन्दै विद्यालयमा तालाबन्दी
दैनिक समाचारदाता
राजविराज, १४ बैशाख ।
सप्तरीको पकरी गाबिसस्थित नर बहादुर थापा जनता मावि पकरी गोठ सोनरा विद्यालयका प्रअले भ्रष्टाचार गरेको भन्दै स्थानीय अभिभावकहरुले बिहिबार विद्यालयमा तालाबन्दी गरेका छन् ।
विद्यालयका प्रअ प्रदीप कुमार चौधरीले विद्यालयका रहेका शैक्षिक अवैधानिक क्रियाकलापका साथै आर्थिक हिनामिना तथा विद्यालयमै आतंक फैलाएको भन्दै प्रअको कोठा र लेखा शाखामा तालाबन्दी गरेका हुन ।
त्यस्तै विद्यालयका प्रअ चौधरीले विद्यालयका प्रावि शिक्षक कृष्णदेव यादव, जिल्ला शिक्षा कार्यालयका सप्तरीका सव ईन्जिनियर उपेन्द्र प्रसाद यादव र विद्यालयका सह लेखापाल पुलकित यादव समेतलाई बिना कारण निर्घात कुटपिट तथा गाली बेईजती गरी अभद्र व्यवहार गरेको आरोप लगाइएको छ ।
त्यसैगरि ६ कोठे भवन निर्माण गर्दा कुकाठ लगाई पुरानो भवनको ईटा लगाएको र बाँकी पुराना ईटा र पुरानो भवनको काठ, भ्mयाल ढोका विक्रि गरी भ्रष्टाचार गरेको साथै वालुवामा कम सिमेन्ट गरी कमजोर भवन बनाई हाल अधुरो राखेको, चार कोठे भवनमा स्टिमेट अनुसारको वालुवा, गिटी, सिमेन्ट प्रयोग नगरेको लगायतका आरोप लगाइएको छ ।
त्यस्तै शैक्षिक सत्र २०७२ मा जेहेन्दार छात्रवृति वापतको रकम १ हजार ७ सयमा भरपाई गराई १ हजार २ सय मात्र वितरण गरेको, कक्षा १० को परीक्षा फारम वापतको रकम बिना निर्णय एकलौटी रुपले १ हजार १ सय प्रति विद्यार्थी शुल्क लिई आर्थिक हिनामिना गरेको आरोप समेत लगाइएको छ ।
यसैबिच उक्त आरोप सम्बन्धमा विद्यालयका प्रअ चौधरीसँग जिज्ञासा राख्दा आफुले कुनै किसिमको हिनामिना तथा विद्यालयका कुनै पनि शिक्षकमाथि हातपात समेत नगरेको दाबी गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ