News Category 2074/01/16
सप्तरी युथको सहयोगमा दिसापिसाब गर्ने स्थानलाई सरसफाई तथा बासको छेकवार गरि बृक्षारोपण
दैनिक समाचारदाता
राजविराज, १५ बैशाख ।
सप्तरी युथ नेपालको सहयोगमा शुक्रबार राजविराजमा एक कार्यक्रमबीच बृक्षारोपण गरिएको छ ।
राजबिराजस्थित प्रजिअ बंगलाको अगाडी राजरंगशालाको पश्चिमपट्टीको पर्खाल छेउमा उक्त बृक्षारोपण गरिएको हो ।
सर्वसाधारणले खुल्ला रुपमा दिसापिसाब गर्ने स्थानलाई सरसफाई तथा बासको छेकवार गरि वातावरणलाई स्वच्छ राख्ने उद्देश्यले उक्त क्षेत्रमा बिभिन्न जातका फुल तथा बृक्षहरु रोपिएको युथका सदस्य विष्णु यादवले जानकारी दिनुभयो ।
आयोजित कार्यक्रममा राजबिराज नगरपालिका कार्यालयका प्रमुख एवं कार्यकारी अधिकृत उमेश यादव तथा अनुगमन तथा मुल्यांकन अधिकृत सुचना तिमिल्सीना र जिल्ला समन्वय समिति सप्तरीका बरिष्ठ कार्यक्रम अधिकृत नवराज खड्कालाई प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी, अतिथी, सप्तरी युथ सदस्यहरुद्धारा बिरुवा रोपी कार्यक्रमको सामुहिक रुपमा उद्घाटन गरिएको थियो ।
सप्तरी युथ नेपालका उपाध्यक्ष मोहन कुमार यादवको अध्यक्षतामा तथा जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कट्वालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीय बिकास अधिकारी सुदेव पोखरेल, प्रहरी उपरिक्षक अनुराग द्धिवेदी, सशस्त्र प्रहरी उपरिक्षक रामाधिन यादव, नेपाली सेनाका मेजर डम्वर बहादुर बोहरा, नागरिक समाजका अध्यक्ष थानसिंह भंसाली, राजबिराज नगरपालिकाका पुर्व मेयर शैलेश चौधरी, शिक्षा मंत्रालयका उपसचिव तोया खनाल, गैसस महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, सेभ द चिल्ड्रेनका सुरेश यादव लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको संचालन सप्तरी युथ नेपालका सचिव आयुश श्रेष्ठले तथा कार्यक्रमको स्वागत मन्तव्य सप्तरी युथकै सदस्य नन्दकिशोर गुप्ताले गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ