News Category 2074/01/16
वासी, सडेगलेका तथा अखाध्य मिसावट समानहरु खान बाध्य नगरवासी
दैनिक समाचारदाता
राजविराज, १५ बैशाख ।
राजविराज नगरपालिकाका उपभोक्ताहरुले बासी, सडेगलेका तथा अखाद्याय मिसावट भएका समानहरु खान बाध्य भएकोले त्यसका लागि उपभोक्ताहरु सचेत हुनुपर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन ।
आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागको सहयोग तथा उपभोक्ता मंच नेपाल केन्द्रिय कार्यालय काठमाण्डौंको आयोजनामा शुक्रबार राजविराजमा आयोजित उपभोक्ता सचेतना कार्यक्रममा सहभागिहरुले सो कुरामा जोड दिएका हुन ।
कार्यक्रममा सहभागि सरोकारबालाहरुले उपभोक्ता संरक्षण ऐन २०५४ जारी भएको २० वर्ष बित्तिसक्दा पनि राज्यको उदासिनताले सो कार्यान्वयन हुन नसकेकाले आम उपभोक्ताहरुले यस्तो समस्या खेप्नुपरीरहेको बताएका छन् ।
खासगरी राजविराज नगरपालिका तथा जिल्लाको अन्य ग्रामिण भेगका शहरहरुमा समेत बिना मुल्य सुचि, साईनबोर्ड नरहेको, डिजिटल तराजु नभएका पसलहरु समेत संचालनमा रहेकाले त्यस्ता पसलहरुलाई नियमित रुपमा अनुगमन गरी आवश्यक कानुनी कार्बाही गर्नुपर्ने माँग समेत गरेका छन् ।
त्यस्तै उपभोक्ता हित रक्षा र अधिकार संरक्षणका निमित्त बनेका ऐन, कानुनहरुलाई सकेसम्म एकिकृत कानुनको रुपमा विकास गर्नुपर्ने, उपभोक्तालाई सचेतना शिक्षा दिई आफना अधिकारका बारेमा सचेत गराउने र अधिकार प्राप्तिको निम्ति जागरुक बनाउनुपर्ने तथा भएका ऐन कानुनलाई कार्यान्वयन गर्ने यसो गर्न कुनै समस्या भए त्यसमा सुधार गर्दै लैजाने बताएका छन् ।
यसैगरी वस्तु तथा सेवा बजारको नियमित अनुगमन गर्नुपर्ने, वस्तु तथा सेवाको गुणस्तर जाँचको लागि आधुनिक प्रयोगशालाहरु स्थापना गर्नुपर्ने, राज्य तथा नियमनकारी निकायले उपभोक्ताको हितमा रुची राख्नुपर्ने तथा तत्काल उपभोक्ता अदालतको स्थापना गर्नुपर्नेमा जोड दिए ।
आयोजित कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवाल, जिल्ला प्रहरी कार्यालयका एसपी अनुराग द्धिवेदी, सशस्त्रका एसपी रामाधर यादव, उपभोक्ता मंच नेपालका केन्द्रिय सचिव शत्रुधन प्रसाद देव, अधिवक्ता श्रृषि निरौला, फोरम लोकतान्त्रिकका शैलेश चौधरी, पार्थो सरकार सहितकाहरुले बजारको नियमित रुपमा अनुगमन गर्नुपर्ने बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ