News Category 2074/01/18
एनसेलको रिचार्ज कार्डमा ब्यापक कालोबजारी
दैनिक समाचारदाता
राजविराज, १७ वैशाख ।
विगत केही समय यता सप्तरीसहित तराई मधेशका जिल्लाहरुमा एनसेलको रिचार्ज कार्डमा ब्यापक कालोबजारी भईरहेका छ ।
मुलुककै सबैभन्दा बढी उपभोक्ताहरु रहेको एनसेल सेन्टरका थोक विक्रेताहरुले कमिसनको कारणले कामकाज ठप्प पारी आन्दोलनमा उत्रेपछि बजारमा एनसेल रिचार्जको ब्यापक मात्रामा कृत्रिम अभाव श्रृजना भएपछि बजारमा रिचार्ज कार्डको कालोबजारी फष्टाएको सेवाग्राहीहरुको गुनासो रहेको छ ।
एनसेल रिचार्जको कृत्रिम अभाव श्रृजना गरी स्थानीय ब्यापारीहरुले खुल्लेआम रु.५० को रिचार्ज अहिले ५ रुपैयाँ बढी अर्थात रु.५५ मा र १०० को रिचार्ज रु.१०५ रुपैयाँमा विक्रिवितरण गर्ने गरेको उपभोक्ताहरुको जनगुनासो रहेको छ ।
सप्तरीको सदरमुकाम राजविराजका साथै जिल्लाको अन्य ग्रामिण भेगका बजारहरुमा समेत अहिले एनसेल रिचार्जको कृत्रिम अभाव श्रृजना भएपछि हजारौ उपभोक्ताहरु मारमा परेका छन ।
५० रुपैयाँको रिचार्जमा ५ रुपैयाँ बढी नदिएपछि पसलेहरुले रिचार्ज नै नदिने गरेको एक उपभोक्ता उमेश कुमार यादवको गुनासो रहेको छ । ५ रुपैयाँ बढी दिएपछि मात्र एनसेलको रिचार्ज पसलेहरुले दिने गरेको यादवको कथन छ ।
सप्तरीका सदरमुकाम राजविराजका साथै जिल्लाका अन्य ग्रामिण भेगका बजारहरुमा समेत खुल्लेआम एनसेल रिचार्जको कालोबजारी भईरहेपनि स्थानीय प्रहरी प्रशासन तथा सम्बन्धित निकाय मौन रहेको आरोप आम उपभोक्ताहरुको रहेको छ । रिचार्ज कार्डको कृत्रिम अभाव श्रृजना भएपछि अधिकांश उपभोक्ताहरुले अहिले एनसेलको मोबाईल प्रयोग गर्न समेत छाडिसकेका छन ।
यता एनसेल रिचार्ज बजारमा कृत्रिम अभाव श्रृजना भएपछि आफुहरुले पनि रु.१०० मा रिचार्ज खरिद गर्ने गरेकोले ५ रुपैयाँ पनि कमिसन नलिई कसरी विक्रि वितरण गर्ने एक पसले राजविराज १ का व्यापारी मो. ऐजाजुलको कथन रहेको छ । एनसेल रिचार्जको माथिबाटै नै अभाव भएकोले आफुहरुले २ देखि ५ रुपैयाँको मुनाफामा मात्र विक्रि वितरण गर्ने गरेको ऐजाजुलको भनाई छ ।
यसैबिच सो सम्बन्धमा सप्तरीका निमित्त प्रमुख जिल्ला अधिकारी जनक कोईरालाले सो बारेमा के बास्तविकता हो भनि बुझेर त्यस्तो कालोबजारी गर्ने पसलका संचालकहरुलाई आवश्यक कानुनी कार्बाही गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ