News Category 2074/01/18
एनसेलको रिचार्ज कार्डमा ब्यापक कालोबजारी
दैनिक समाचारदाता
राजविराज, १७ वैशाख ।
विगत केही समय यता सप्तरीसहित तराई मधेशका जिल्लाहरुमा एनसेलको रिचार्ज कार्डमा ब्यापक कालोबजारी भईरहेका छ ।
मुलुककै सबैभन्दा बढी उपभोक्ताहरु रहेको एनसेल सेन्टरका थोक विक्रेताहरुले कमिसनको कारणले कामकाज ठप्प पारी आन्दोलनमा उत्रेपछि बजारमा एनसेल रिचार्जको ब्यापक मात्रामा कृत्रिम अभाव श्रृजना भएपछि बजारमा रिचार्ज कार्डको कालोबजारी फष्टाएको सेवाग्राहीहरुको गुनासो रहेको छ ।
एनसेल रिचार्जको कृत्रिम अभाव श्रृजना गरी स्थानीय ब्यापारीहरुले खुल्लेआम रु.५० को रिचार्ज अहिले ५ रुपैयाँ बढी अर्थात रु.५५ मा र १०० को रिचार्ज रु.१०५ रुपैयाँमा विक्रिवितरण गर्ने गरेको उपभोक्ताहरुको जनगुनासो रहेको छ ।
सप्तरीको सदरमुकाम राजविराजका साथै जिल्लाको अन्य ग्रामिण भेगका बजारहरुमा समेत अहिले एनसेल रिचार्जको कृत्रिम अभाव श्रृजना भएपछि हजारौ उपभोक्ताहरु मारमा परेका छन ।
५० रुपैयाँको रिचार्जमा ५ रुपैयाँ बढी नदिएपछि पसलेहरुले रिचार्ज नै नदिने गरेको एक उपभोक्ता उमेश कुमार यादवको गुनासो रहेको छ । ५ रुपैयाँ बढी दिएपछि मात्र एनसेलको रिचार्ज पसलेहरुले दिने गरेको यादवको कथन छ ।
सप्तरीका सदरमुकाम राजविराजका साथै जिल्लाका अन्य ग्रामिण भेगका बजारहरुमा समेत खुल्लेआम एनसेल रिचार्जको कालोबजारी भईरहेपनि स्थानीय प्रहरी प्रशासन तथा सम्बन्धित निकाय मौन रहेको आरोप आम उपभोक्ताहरुको रहेको छ । रिचार्ज कार्डको कृत्रिम अभाव श्रृजना भएपछि अधिकांश उपभोक्ताहरुले अहिले एनसेलको मोबाईल प्रयोग गर्न समेत छाडिसकेका छन ।
यता एनसेल रिचार्ज बजारमा कृत्रिम अभाव श्रृजना भएपछि आफुहरुले पनि रु.१०० मा रिचार्ज खरिद गर्ने गरेकोले ५ रुपैयाँ पनि कमिसन नलिई कसरी विक्रि वितरण गर्ने एक पसले राजविराज १ का व्यापारी मो. ऐजाजुलको कथन रहेको छ । एनसेल रिचार्जको माथिबाटै नै अभाव भएकोले आफुहरुले २ देखि ५ रुपैयाँको मुनाफामा मात्र विक्रि वितरण गर्ने गरेको ऐजाजुलको भनाई छ ।
यसैबिच सो सम्बन्धमा सप्तरीका निमित्त प्रमुख जिल्ला अधिकारी जनक कोईरालाले सो बारेमा के बास्तविकता हो भनि बुझेर त्यस्तो कालोबजारी गर्ने पसलका संचालकहरुलाई आवश्यक कानुनी कार्बाही गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ