News Category 2070/03/01
अंशको माग गर्दै प्रेस स्वतन्त्रता सेनानी भोक हड्तालमा
दैनिक संवाददाता
राजविराज, ३१ जेठ ।
पैतृक सम्पत्तिमा अंशको माग गर्दै प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा भोक हड्तालमा बस्नुभएको छ ।
दाजु कृष्णकान्त झाले पैतृक सम्पत्तिबाट अंश दिन नचाहेको भन्दै नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष समेत रहनुभएका झाले शुक्रबारदेखि भोक हड्तालमा बस्नुभएको हो । झा राजविराज–६ स्थित दाजु कृष्णकान्तको घरमा भोक हड्ताल शुरु गर्नुभएको छ ।
झा परिवारबीच पैतृक सम्पत्ति अंशबन्डासम्बन्धी सप्तरी जिल्ला अदालतमा २०६७ सालदेखि मुद्दा चल्दै आएको छ । अदालतले २०६७ सालअघि परिवारका सदस्यको नाममा रहेको जग्गा जमिनको कागजात पेस गर्न भनेको छ ।
ठूलो बुवा विद्यानन्द झा र बुवा नित्यानन्द झाले विसं २०३४ मा आपसमा जग्गा जमिन छुट्याए अनुसार अंशबन्डा हुनुपर्ने झाको माग छ । विद्यानन्द झाका छोराहरु कृष्णकान्त, कमलाकान्त र राधाकान्त गरी तीन छोरा रहेका छन् भने पत्रकार वैद्यनाथ नित्यानन्द झाका एक्ला छोरा हुन् ।
पुख्र्यौली सम्पत्तिमा दाजुभाइको बराबरी हक हुनुपर्ने र आ–आफूले कमाएको सम्पत्तिमा कमाएकै व्यक्तिको हक हुनुपर्ने मागसहित आफू भोक हड्तालमा बसेको झाले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ