News Category 2070/03/01
अंशको माग गर्दै प्रेस स्वतन्त्रता सेनानी भोक हड्तालमा
दैनिक संवाददाता
राजविराज, ३१ जेठ ।
पैतृक सम्पत्तिमा अंशको माग गर्दै प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा भोक हड्तालमा बस्नुभएको छ ।
दाजु कृष्णकान्त झाले पैतृक सम्पत्तिबाट अंश दिन नचाहेको भन्दै नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष समेत रहनुभएका झाले शुक्रबारदेखि भोक हड्तालमा बस्नुभएको हो । झा राजविराज–६ स्थित दाजु कृष्णकान्तको घरमा भोक हड्ताल शुरु गर्नुभएको छ ।
झा परिवारबीच पैतृक सम्पत्ति अंशबन्डासम्बन्धी सप्तरी जिल्ला अदालतमा २०६७ सालदेखि मुद्दा चल्दै आएको छ । अदालतले २०६७ सालअघि परिवारका सदस्यको नाममा रहेको जग्गा जमिनको कागजात पेस गर्न भनेको छ ।
ठूलो बुवा विद्यानन्द झा र बुवा नित्यानन्द झाले विसं २०३४ मा आपसमा जग्गा जमिन छुट्याए अनुसार अंशबन्डा हुनुपर्ने झाको माग छ । विद्यानन्द झाका छोराहरु कृष्णकान्त, कमलाकान्त र राधाकान्त गरी तीन छोरा रहेका छन् भने पत्रकार वैद्यनाथ नित्यानन्द झाका एक्ला छोरा हुन् ।
पुख्र्यौली सम्पत्तिमा दाजुभाइको बराबरी हक हुनुपर्ने र आ–आफूले कमाएको सम्पत्तिमा कमाएकै व्यक्तिको हक हुनुपर्ने मागसहित आफू भोक हड्तालमा बसेको झाले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ