News Category 2074/01/19
आगलागीमा एक गम्भिर घाइते चार लाखको क्षति
दैनिक समाचारदाता
राजविराज, १८ बैशाख ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका १ मा आईतवार साँझ भएको आगलागी हुँदा करिब ४ लाख मुल्य बराबरको क्षति भएको छ ।
स्थानीय मोहम्मद अलाउदिन मियाँको घरमा अचानक आगलागी हुँदा मियाको फुसको छानो भएको गाईगोठ र गोठमा भएको २ वटा चौपाया गोरु जलेर करिब ५० हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
यता आगो निभाउने क्रममा निज मियाको शरिरको बिभिन्न भागमा आगोले पोलेर घाईते भएका छन् । उनको राउ स्मारक अस्पताल लाहानमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
आगलागीबाट छिमेकी भीम नारायण साहको भुईतले फुसको छानो भएको कच्ची घर, टायर गाढा, घर भित्र रहेको सम्पुर्ण सरसामान जलेर नष्ट हुँदा करिब ३ लाख मुल्य बराबरको क्षति भएको छ ।
त्यस्तै सोही ठाउँका हरि नारायण साहको फुसको छानो भएको एक तले घरम, समेत आगलागी हुँदा करिब ५० हजार मुल्य बराबरको क्षति भएको छ । यता आगलागी नेपाल प्रहरी, शसस्त्र प्रहरी, दमकल र स्थानीय मानिसहरुको सहयोगमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय पातोले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ