News Category 2074/01/26
राजपा नेपालद्वारा जिल्लामा बैशाख २७ गते भित्र एकिकरण गर्ने निर्णय
दैनिक समाचारदाता
राजविराज, २५ बैशाख ।
एकिकरण पश्चात् ६ वटा दल मिलेर गठित राष्ट्रिय जनता पार्टी नेपालले जिल्लाहरुमा समेत एकिकरण कार्यक्रम गर्ने भएको छ ।
राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको अध्यक्षतामा सोमबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।
सम्पन्न बैठकले बैशाख २७ गतेभित्र जिल्ला अध्यक्षहरुको बैठक बसी आपसी सहमतिमा जिल्लास्तरीय अध्यक्ष मण्डलको एक जना संयोजक चयन गर्ने र सोको केन्द्रिय कार्यालयलाई जानकारी दिने तथा सदभावपुर्ण वातावरणमा सहमतिबाट सामुहिक आधारमा भएको सफल चयनलाई एकिकरणको कार्यान्वयनमा महत्वपुर्ण योगदान मानिने निर्णय भएको जनाईएको छ ।
त्यस्तै बैशाख २९ गते जिल्लाबाट पार्टीमा रहेका सबै केन्द्रिय पदाधिकारीहरु केन्द्रिय सदस्यहरु, जिल्लाका सबै पदाधिकारीहरु, जिल्ला कार्य समितिका सदस्यहरु, जिल्लाबाट केन्द्र एवं जिल्लामा कार्यरत सबै भातृसंस्था र शुभेच्छुक जस्तै कर्मचारी, प्राध्यापक, बृद्धिजिवी संगठनका साथीहरु सहितको एकता बैठक जिल्लाका सदरमुकाममा आयोजना गर्ने जनाईएको छ ।
यसैगरी जेष्ठ १ गते जिल्लाका अधिकांश क्षेत्रमा पुग्ने गरी रुट बनाई एकता मोटरसाईकल याली निकालिने र पर्चा समेत वितरण गर्ने, बैठकबाट राष्ट्रिय र स्थानीय मुद्धाहरुबारे धारणा सम्प्रेशित गर्न प्रस्तावहरु समेत पारित गर्ने लगायतका निर्णयहरु गरीएको जारी विज्ञप्तीमा उल्लेख गरीएको छ ।
सो बैठकमा पार्टीका अध्यक्ष मण्डलका अध्यक्षहरु राजेन्द्र महतो, महेन्द्र राय यादव, शरतसिंह भण्डारी, अनिल कुमार झा र राजकिशोर यादव सहितको उपस्थितिमा निर्णय गरीएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ