News Category 2074/01/27
सप्तरीको तीन स्थानमा भएको सवारी दुर्घटना १२ घाइते
दैनिक समाचारदाता
राजविराज, २६ बैशाख ।
सप्तरीको तीन स्थानमा मंगलबार भएको दुर्घटनामा परी १२ जना घाइते भएका छन् ।
जिल्लाको कन्चनरुप नगरपलिका २ र शम्भुनाथ नगापलिका ८ मा भएको सवारी दुर्घटनामा ११ जना घाइते भएका हुन् ।
कन्चनरुप नगरपलिका २ मा पूर्वबाट पश्चिमतर्फ जादै गरेको बा ४ ख ८२३ नम्बरको हाइएस गाडी अनियन्त्रित भई दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।
घाइते हुनेमा काठमाण्डौ कोटेश्वर ४ बस्ने ४० बर्षिया कल्पना सुबेदी, झापा धुलाबारी(८ बस्ने ३९ बर्षिया कौशिला शेर्पा, झापाकै भद्रपुर ८ बस्ने ५ बर्षिया राधीका पौडेल, ५५ बर्षिय मुकुन्द्र पौडेल, रसुवा लहरे पौवा २ बस्ने ४० बर्षिय बलराम पौडेल रहेका छन् ।
उनीहरुको धर्मेश्वर अस्पताल उपचार भइरहेको छ भने गाडी र चालकलाई इलाका प्रहरी कार्यालय कन्चनपुरले नियन्त्रणमा लिएको छ ।
यस्तै शम्भुनाथ नपा ८ मा हिलेबाट काठमाण्डौ जादै गरेको बा ४ ख ५१८३ नम्बरको हाइलेस गाडी अनियन्त्रित भई दुर्घटना हुँदा चालक सहित ६ जना यात्रु घाईते भएका छन् । घाइते हुनेमा भोजपुर चरम्बी ६ बस्ने २१ बर्षिया प्रमिला चौलागाई, सोही ठाउँका ४७ बर्षिय रबिलाल विश्वकर्मा, धनकुटाको धनकुटा नगरपलिका १ बस्ने ४६ बर्षिय दिल बहादुर नेपाली, चालक रामेछाप लखनपुर ७ बस्ने ३९ बर्षिय राम तामाङ, भोजपुर देउराली ९ बस्ने ३६ बर्षिया तुलसी राई, दोलखा सहरे ६ बस्ने ३४ बर्षिय सन्तोष नेपाल रहेका छन् ।
घाइते मध्ये प्रमिला, रबिलाल र दिल बहादुरको विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने अन्यको स्थानीय मेडिकलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।
यता जिल्लाको खड्क नगरपलिका ७ स्थित लोक राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जादै गरेको ना ३ ख ७९०५ नम्बरको माईक्रोले ठक्कर दिँदा पैदलयात्री सोही नगरपालिका ९ बस्ने अन्दाजी ३५ बर्षिय भुपेन्द्र प्रसाद साह घाइते भएका छन् ।
उनको विपी कोइरालाल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने माइक्रोका चालकालई इलाका प्रहरी कार्यालय कल्याणपुरले नियन्त्रणमा लिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ