News Category 2074/01/27
सप्तरीको तीन स्थानमा भएको सवारी दुर्घटना १२ घाइते
दैनिक समाचारदाता
राजविराज, २६ बैशाख ।
सप्तरीको तीन स्थानमा मंगलबार भएको दुर्घटनामा परी १२ जना घाइते भएका छन् ।
जिल्लाको कन्चनरुप नगरपलिका २ र शम्भुनाथ नगापलिका ८ मा भएको सवारी दुर्घटनामा ११ जना घाइते भएका हुन् ।
कन्चनरुप नगरपलिका २ मा पूर्वबाट पश्चिमतर्फ जादै गरेको बा ४ ख ८२३ नम्बरको हाइएस गाडी अनियन्त्रित भई दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।
घाइते हुनेमा काठमाण्डौ कोटेश्वर ४ बस्ने ४० बर्षिया कल्पना सुबेदी, झापा धुलाबारी(८ बस्ने ३९ बर्षिया कौशिला शेर्पा, झापाकै भद्रपुर ८ बस्ने ५ बर्षिया राधीका पौडेल, ५५ बर्षिय मुकुन्द्र पौडेल, रसुवा लहरे पौवा २ बस्ने ४० बर्षिय बलराम पौडेल रहेका छन् ।
उनीहरुको धर्मेश्वर अस्पताल उपचार भइरहेको छ भने गाडी र चालकलाई इलाका प्रहरी कार्यालय कन्चनपुरले नियन्त्रणमा लिएको छ ।
यस्तै शम्भुनाथ नपा ८ मा हिलेबाट काठमाण्डौ जादै गरेको बा ४ ख ५१८३ नम्बरको हाइलेस गाडी अनियन्त्रित भई दुर्घटना हुँदा चालक सहित ६ जना यात्रु घाईते भएका छन् । घाइते हुनेमा भोजपुर चरम्बी ६ बस्ने २१ बर्षिया प्रमिला चौलागाई, सोही ठाउँका ४७ बर्षिय रबिलाल विश्वकर्मा, धनकुटाको धनकुटा नगरपलिका १ बस्ने ४६ बर्षिय दिल बहादुर नेपाली, चालक रामेछाप लखनपुर ७ बस्ने ३९ बर्षिय राम तामाङ, भोजपुर देउराली ९ बस्ने ३६ बर्षिया तुलसी राई, दोलखा सहरे ६ बस्ने ३४ बर्षिय सन्तोष नेपाल रहेका छन् ।
घाइते मध्ये प्रमिला, रबिलाल र दिल बहादुरको विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने अन्यको स्थानीय मेडिकलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।
यता जिल्लाको खड्क नगरपलिका ७ स्थित लोक राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जादै गरेको ना ३ ख ७९०५ नम्बरको माईक्रोले ठक्कर दिँदा पैदलयात्री सोही नगरपालिका ९ बस्ने अन्दाजी ३५ बर्षिय भुपेन्द्र प्रसाद साह घाइते भएका छन् ।
उनको विपी कोइरालाल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने माइक्रोका चालकालई इलाका प्रहरी कार्यालय कल्याणपुरले नियन्त्रणमा लिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
- 2082/03/22 सैनिक जनशक्ति फिर्ता जाने भएपछि स्थानीय उत्रे आन्दोलनमा
- 2082/03/22 सकियो मेयरकप ब्याडमिन्टन
- 2082/03/22 सडक मै ढाट तेर्साएर चक्काजाम
- 2082/03/19 एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
- 2082/03/19 एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ