News Category 2074/01/29
मैसापका नवपदाधिकारीहरुको सपथग्रहण एवं पदस्थापना
दैनिक समाचारदाता
राजविराज, २८ बैशाख ।
मैथिली साहित्य परिषदको नयाँ कार्य समितिका पदाधिकारीहरुको बिहीबार सपथग्रहण एवम् पदस्थापन गरिएको छ ।
परिषद्का निवर्तमान अध्यक्ष शुभचन्द्र झाले नव कार्यसमितिका अध्यक्ष प्रा. अशोक कुमार झालाई सपथ ग्रहण गराउनुभयो ।
नव कार्यसमितिका अध्यक्ष प्रा. झाले कार्यसमितिका अन्य पदाधिकारीहरुलाई सपथ ग्रहण गराएका छन् ।
परिषद्को नयाँ कार्यसमितिको उपाध्यक्ष सतिश कुमार दत्त, सचिव श्यामसुन्दर यादव, सह–सचिव रामअधिन साह र कोषाध्यक्षमा पंकज कुमार झा चयन भएका छन् । समितिको सदस्यमा प्रा. मिथिलेश कुमार यादव, हितनारायण लाल दास, सत्येन्द्रनाथ चौधरी, अजयकुमार झा, गोपाल प्रसाद गुप्ता र भूपेन्द्र मण्डल रहेका छन् ।
परिषद्का पूर्व अध्यक्ष एवम् मैथिल महासंघ नेपालका अध्यक्ष विष्णुकुमार मण्डलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा चयन समितिका संयोजक मिश्र, अन्तर्राष्ट्रिय मैथिली परिषद् नेपालकी अध्यक्ष करुणा झा, पं. महेश्वर झा, परिषद्का पूर्व सचिव श्यामसुन्दर झा, नेपाल पत्रकार महासंघ सप्तरीका सचिव एवम् मैथिली पत्रकार परिषद् सप्तरीका अध्यक्ष जितेन्द्र कुमार झा, मैथिल महिला परिषद्की अध्यक्ष शान्ति झा, राकेश कुमार झालगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
यसअघि परिषद्को सर्वसम्मत नयाँ समिति चयन गर्नकालागि यस अघि बोलाईएको साधारणसभाले परिषद्का पूर्व अध्यक्षहरु समेतको सहभागितामा पाँच सदस्यीय समिति गठन गरेको थियो । परिषद्का पूर्व अध्यक्ष देवेन्द्र मिश्रको संयोजकत्वमा पूर्व अध्यक्षहरु प्रा.अमरकान्त झा, विष्णु कुमार मण्डल, विवेकानन्द मिश्र र परिषद्का पूर्व सचिव एवम् पूर्व प्रधानाध्यापक नथुनी दास समेतको समन्वय समितिले सर्वसम्मत कार्यसमिति चयन गर्न सफल भएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ