News Category 2074/01/29
मैसापका नवपदाधिकारीहरुको सपथग्रहण एवं पदस्थापना
दैनिक समाचारदाता
राजविराज, २८ बैशाख ।
मैथिली साहित्य परिषदको नयाँ कार्य समितिका पदाधिकारीहरुको बिहीबार सपथग्रहण एवम् पदस्थापन गरिएको छ ।
परिषद्का निवर्तमान अध्यक्ष शुभचन्द्र झाले नव कार्यसमितिका अध्यक्ष प्रा. अशोक कुमार झालाई सपथ ग्रहण गराउनुभयो ।
नव कार्यसमितिका अध्यक्ष प्रा. झाले कार्यसमितिका अन्य पदाधिकारीहरुलाई सपथ ग्रहण गराएका छन् ।
परिषद्को नयाँ कार्यसमितिको उपाध्यक्ष सतिश कुमार दत्त, सचिव श्यामसुन्दर यादव, सह–सचिव रामअधिन साह र कोषाध्यक्षमा पंकज कुमार झा चयन भएका छन् । समितिको सदस्यमा प्रा. मिथिलेश कुमार यादव, हितनारायण लाल दास, सत्येन्द्रनाथ चौधरी, अजयकुमार झा, गोपाल प्रसाद गुप्ता र भूपेन्द्र मण्डल रहेका छन् ।
परिषद्का पूर्व अध्यक्ष एवम् मैथिल महासंघ नेपालका अध्यक्ष विष्णुकुमार मण्डलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा चयन समितिका संयोजक मिश्र, अन्तर्राष्ट्रिय मैथिली परिषद् नेपालकी अध्यक्ष करुणा झा, पं. महेश्वर झा, परिषद्का पूर्व सचिव श्यामसुन्दर झा, नेपाल पत्रकार महासंघ सप्तरीका सचिव एवम् मैथिली पत्रकार परिषद् सप्तरीका अध्यक्ष जितेन्द्र कुमार झा, मैथिल महिला परिषद्की अध्यक्ष शान्ति झा, राकेश कुमार झालगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
यसअघि परिषद्को सर्वसम्मत नयाँ समिति चयन गर्नकालागि यस अघि बोलाईएको साधारणसभाले परिषद्का पूर्व अध्यक्षहरु समेतको सहभागितामा पाँच सदस्यीय समिति गठन गरेको थियो । परिषद्का पूर्व अध्यक्ष देवेन्द्र मिश्रको संयोजकत्वमा पूर्व अध्यक्षहरु प्रा.अमरकान्त झा, विष्णु कुमार मण्डल, विवेकानन्द मिश्र र परिषद्का पूर्व सचिव एवम् पूर्व प्रधानाध्यापक नथुनी दास समेतको समन्वय समितिले सर्वसम्मत कार्यसमिति चयन गर्न सफल भएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ