News Category 2074/01/30
नापी कार्यालयमा बम विस्फोट
दैनिक समाचारदाता
राजविराज, २९ बैशाख ।
सप्तरी सदरमुकाम राजविराज ५ स्थित नापी शाखा कार्यालयमा शुक्रबार दिउँसो कुकर बम विस्फोट भएको छ ।
सो बम विस्फोट हुँदा कुनै मानविय क्षति नभएको तर कार्यालयको ग्यारेजमा रहेको एउटा साइकल र ग्यारेजको पर्खालमा चिरा लागेको छ ।
दिउँसो करिब ४ बजेको आसपासमा उक्त बम विस्फोट भएको प्रहरीले जनाएको छ । बम विस्फोट भएपछि प्रेसर कुकरका टुक्राहरु छरिएको थियो ।
शुक्रबार भएकोले कार्यालय ३ बजे नै बन्द हुँदा कुनै ठूलो दुर्घटना नभएको प्रहरीले जनाएको छ । बम विस्फोटका कारण सो क्षेत्रका स्थानियहरु त्रसित बनेका छन् ।
यसैबिच सो बम विस्फोटको तराईमा सशस्त्र संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीका केन्द्रिय संयोजक जयकृष्ण गोईतले जिम्मेवारी लिएका छन । नेपाल सरकारको उक्त कार्यालयमा ब्यापम मात्रामा भ्रष्टाचार बढेको भन्दै प्रतिकार स्वरुप सो बम विष्फोट गराएको गोईतद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
यसअघि पनि गोइत समूहले पटक पटक राजविराजस्थित निजी विद्यालय तथा सरकारी कार्यालयहरुमा बम राख्दै आएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ