News Category 2074/02/02
प्रअ कक्ष र लेखा शाखामा तालाबन्दीका कारण विद्यार्थीहरु पाठ्यपुस्तक पाउनबाट बञ्चित
दैनिक समाचारदाता
राजविराज, १ जेठ ।
सप्तरीको पकरी गाबिसस्थित नर बहादुर थापा जनता मावि पकरी गोठ सोनरा विद्यालयका प्रअले भ्रष्टाचार गरेको भन्दै स्थानीय अभिभावकहरुले डेढ सात्ताअघि विद्यालयको प्रअ कक्ष र लेखा शाखामा लगाईएको तालाबन्दी अझै खुल्न सकेको छैन ।
विद्यालयका प्रअ प्रदीप कुमार चौधरीले विद्यालयका रहेका शैक्षिक अवैधानिक क्रियाकलापका साथै आर्थिक हिनामिना तथा विद्यालयमै आतंक फैलाएको भन्दै प्रअको कोठा र लेखा शाखामा गत बैशाख १४ गते स्थानीय अभिभावकहरुले लगाएको तालाका कारण विद्यार्थीहरुले निशुल्क पाउने पाठ्यपुस्तकबाट बञ्चित भएका छन् ।
विद्यालयका गरीएको अनिश्चितकालिन तालाबन्दीका कारणले सो विद्यालयमा अध्ययनरत करीब एक हजार भन्दा बढी बालबालिकाहरुको पठनपाठन समेत पूर्ण रुपमा प्रभावित भएको स्थानीय अभिभावक बिनोद कुमार यादवले बताए ।
विद्यालयमा यत्रो लामो समयदेखि गरीएको तालाबन्दीका कारणले नयाँ शैक्षिक सत्र शुरु भएको झण्डै एक महिना बित्तिसक्दा पनि अझै त्यहाँका बालबालिकाहरुलाई पाठ्यपुस्तक वितरण नहुँदा निकै पढाईमा बाद्या भएको छ ।
त्यस्तै विद्यालयका प्रअ चौधरीले विद्यालयका प्रावि शिक्षक कृष्णदेव यादव, जिल्ला शिक्षा कार्यालयका सप्तरीका सव ईन्जिनियर उपेन्द्र प्रसाद यादव र विद्यालयका सह लेखापाल पुलकित यादव समेतलाई बिना कारण निर्घात कुटपिट तथा गाली बेईजती गरी अभद्र व्यवहार गर्नेलाई कार्बाही हुनुपर्ने, ६ कोठे भवन निर्माण गर्दा कुकाठ लगाई पुरानो भवनको ईटा लगाएको र बाँकी पुराना ईटा र पुरानो भवनको काठ, भ्mयाल ढोका विक्रि गरी भ्रष्टाचार गरेको साथै वालुवामा कम सिमेन्ट गरी कमजोर भवन बनाई हाल अधुरो राखेको, चार कोठे भवनमा स्टिमेट अनुसारको वालुवा, गिटी, सिमेन्ट प्रयोग नगरेको लगायतका आरोप लगाइए स्थानीय अभिभावकहरुले सो विद्यालयका प्रअ र लेखा शाखामा तालाबन्दी गरीएको छ ।
यता सो विद्यालयमा गरिएको तालाबन्दीतर्फ अहिलेसम्म जिल्ला शिक्षा कार्यालय तथा सम्बन्धित निकायको कुनै ठोस कदम नचालेको स्थानीय अभिभावकहरुको आरोप छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ