News Category 2074/02/03
हावाहुरीका कारण मोटरसाइकल दुर्घटनामा राजपाका नेता घाइते
दैनिक समाचारदाता
राजविराज, २ जेठ ।
राष्ट्रिय जनता पार्टी नेपाल सप्तरीले सोमबार निकालेको मोटरसाइकल ¥यालीमा सहभागि भएर घर फर्कने क्रममा साँझ आएको हावाहुरीका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जना नेता गम्भिर घाइते भएका छन् ।
मोटरसाईकल ¥याली कार्यक्रममा सहभागि भई कदमाहाबाट फर्कने क्रममा पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनीमा हावाहुरीले मोटरसाईकल दुर्घटना हुँदा सद्भावना पार्टीका क्षेत्रिय उपाध्यक्ष हाल राजपाका क्षेत्रिय नेता भारदह ७ वलुवा टोल निवासी दिनेश्वर यादव गम्भिर घाईते भएका हुन ।
घाईते यादवको तत्काल धर्मेश्वर अअस्पतालमा उपचारका लागि भर्ना गरिएपनि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि नोबेल अस्पताल विराटनरमा भर्ना गरिएको राजपा सप्तरीले जनाएको छ ।
यसैबिच दुर्घटनामा परी नेता यादवको नाक र आँखामा गम्भिर चोट लागेकोले उहाँको शिघ्र स्वास्थ्य लाभको कामना समेत राजपाका जिल्ला संयोजक सुनिल कुमार झाले गर्नुभएको छ ।
यसैबीच संयोजक झाले हावाहुरीका कारणले जिल्लाका विभिन्न गाबिसका सयौं घर टहरा भत्काउनुका साथै करोडौंको क्षति भएको घटनाप्रति पार्टी मर्माहित भएको जनाउँदै त्यसबाट भएको क्षतिको उचित क्षतिपुर्ति राज्यले पीडितहरुलाई अविलम्व उपलब्ध गराउनुपर्ने माँग समेत गर्नुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ