News Category 2074/02/04
नर्घोमा बृहत सरसफाई कार्यक्रम
दैनिक समाचारदाता
राजविराज, ३ जेठ ।
गाबिसस्तरीय सरसफाइ तथा स्वच्छता समन्वय समिति नर्घोले गरेको प्रतिवद्धता अनुसार तोकिएकै समयमा खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्न अग्रसरता देखाएको छ । सोही अनुसार बुधवार नर्घोमा बृहत सरसफाइ कार्यक्रमको आयोजना गरिएको छ ।
उक्त बृहत सरसफाइ कार्यक्रम अन्र्तगत जनता शंकर उच्च माबि नर्घोबाट बृहत ¥याली निकालेर गाबिसभरि परिक्रमा गर्ने क्रममा बाटो सरसफाइ गरिएको थियो । साथै चर्पी नबनाएकालाई समेत तोकिएकै समय भित्र बनाउन जानकारी गराएका थिए ।
गाबिसस्तरीय सरसफाइ तथा स्वच्छता समन्वय समिती नर्घोको आयोजना संचालित कार्यक्रममा सबल नेपाल, स्थानीय शासन तथा सामुदायिक बिकास कार्यक्रम, सिडिपी कार्यक्रम लगायतले समन्वय गरेका थिए ।
कार्यक्रममा गाबिसस्तरीय सरसफाइ तथा स्वच्छता समन्वय समिती नर्घोका अध्यक्ष एवं गाबिस सचिव दिनेश यादव, निर्वतमान गाबिस अध्यक्ष मुसहरु यादव, भुपु गाबिस अध्यक्ष प्रमानन्द यादव, निर्वतमान उपाध्यक्ष सत्यनारायण यादव, समाजसेवी लालदेव यादव, स्वतन्त्रता सेनानी बिहारी साह, प्रअ नारायण यादव लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बालबालिका, बिभिन्न राजनीतिक दलका प्रतिनिधीहरु, नागरिक सचेतना केन्द्रका प्रतिनिधीहरु, शिक्षकहरु, महिला समुहहरु, सिडीपीका महिला सहजकर्ता लगायतको समेत सहभागिता रहेको थियो ।
हाल नर्घो गाबिसमा ९५ प्रतिशत शौचालय निर्माण भई सकेको र एक साता भित्र गाबिस पुर्ण रुपमा खुल्ला दिसा मुक्त क्षेत्र हुने जानकारी सबल नेपालका स्थानीय प्रज्वलक कृष्णदेव यादवले जानकारी गराउनु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ