News Category 2074/02/05
संविधान संशोधन गरेर मात्र निर्वाचन गराउन नागरिक अगुवाहरुद्वारा सरकारलाई सचेत
दैनिक समाचारदाता
काठमाडौं, ४ जेठ ।
संविधान संशोधन गरेर मात्र दोस्रो चरणको निर्वाचन गर्न नागरिक अगुवाहरुले बिहीबार अपील जारी गरेका छन् ।
करिब चार दर्जनभन्दा बढी विभिन्न क्षेत्रका अगुवाहरुले संयुक्त अपील जारी गर्दै संविधान संशोधन नभए देश विखण्डनतिर जान सक्नेप्रति पनि सचेत गराउँदै संविधान संशोधन गरेर मात्र दोश्रो चरणको निर्वाचनको वातावरण बनाउन आग्रह गरेका हुन् ।
नागरिक अपीलमा संविधानका अन्तवरस्तुमा असन्तुष्टि राख्दै आएका मधेशी, जनजाति, दलित, थारु, महिला, मुस्लिम लगायतको चासोलाई पनि संविधान संशोधन मार्फत सम्बोधन गर्ने सरकारको प्रतिबद्धताहरुलाई पुनः स्मरण गराइएको छ ।
संविधान निर्माण पश्चात देशको एउटा ठूलो हिस्साको जनसमुदायले यसमाथि अपनत्व ग्रहण गर्न नसकेको कुरा विगतमा सरकार र मधेशी मोर्चालगायत असन्तुष्ट समूहहरुबीच भएका सहमतिहरुले पुष्टि गरेको जनाइएको छ ।
अपीलमा भनिएको छ, ‘विगतमा नेपालका धेरै नागरिकले ज्यान गुमाउनुपरेको, अंगभंग र घाइते हुनुपरेको र सरकारी तथा निजी सम्पत्तिको समेत ठूलो क्षति व्यहोर्नुपरेको सत्य हाम्रो सामु छ । यस यथार्थलाई आत्मसाथ गरी संविधान संशोधनार्थ प्रस्तुत विधेयकलाई यथाशीघ्र पारित गरि संघीय गठबन्धन लगायत अन्य असन्तुष्ट पक्षहरुलाई विश्वासमा लिइ मार्गप्रशस्त गर्न जरुरी छ ।’
नागरिकको हैसियतले सबैको अपनत्व र सहभागीतासहित दोश्रो चरणको निर्वाचन सहज वातावरणमा सम्पन्न गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत सम्पूर्ण राजनीतिक दलहरुका जिम्मेवार नेतृत्वसँग आग्रह गरिएको छ ।
अपीलमा अगाडी भनिएको छ, ‘संविधान संशोधन नगरी अघि बढ्दा समाजको एउटा हिस्सा असन्तुष्ट रहने र त्यसले राष्ट्रलाई एकताबद्ध बनाउने कुरामा बाधा पु¥याउने देखिन्छ । राजनितिक र सामाजिक ध्रुवीकरणलाई वढावा दिने क्रियाकलापले नेपाललाई दुरगामी रुपमा डरलाग्दो अनिष्टतिर लैजाने सक्छ भन्नेमा हामी गम्भीर छौं ।’ हुलाकी न्युजबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ