News Category 2074/02/06
जघन्य अपराधका मुद्दा फिर्ता भएको छैन ः प्रधानमन्त्रीको सचिवालय
जघन्य अपराधका मुद्दा फिर्ता भएको छैन ः प्रधानमन्त्रीको सचिवालय दैनिक समाचारदाता काठमाडौँ, ५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयले कैलालीको टीकापुरलगायतका स्थानमा भएका घटनामा संलग्न जघन्य अपराधका दोषीहरूको मुद्दा फिर्ता नहुने स्पष्ट गर्नुभएको छ । सचिवालयले शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै जघन्य अपराधका घटनामा कुनै पनि मुद्दा फिर्ता नलिइएको र लिने अवस्था पनि नरहेको जनाएको छ । यसअघि सरकारले थरुहट तराई÷मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गरेको जनाएको थियो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गरेको हो । सो बैकठले आन्दोलनमा सहभागीलाई लगाइको मुद्दा फिर्ता गर्नका लागि गृह मन्त्रालयको परामर्शमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आगामी मन्त्रिपरिषद्को बैठकमा प्रस्तुत गर्ने समेत निर्णय समेत गरेको छ । यता शुक्रबार बैठकको निर्णयलाई लिएर सञ्चारमाध्यममा आएका समाचारबारे प्रतिक्रिया दिँदै प्रधानमन्त्री सचिवालयले जघन्य अपराधका दोषीको मुद्दा फिर्ता लिने सरकारी निर्णयसम्बन्धी प्रकाशित समाचारको खण्डन गरेको हो । मन्त्रिपरिषद्को बैठकले टीकापुरलगायतका हत्याका घटनामा संलग्न नभएका तर आशङ्का र पूर्वाग्रहकै आधारमा झुट्ठा मुद्दा लगाइएका व्यक्तिहरूका मुद्दा कानुनबमोजिम मिल्ने गरी फिर्ता गर्ने प्रक्रियाको गृहकार्य थाल्न कानुन मन्त्रालयको परामर्शमा गृह मन्त्रालयलाई निर्देशन दिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ