News Category 2074/02/07
दोश्रो चरणको निर्वाचनको मुस्लिम समुदायद्वारा विरोध
काठमाडौं÷सरकारले जेठ ३१ का लागि घोषणा गरेको स्थानीय तहको दोश्रो चरणको निर्वाचनको मुस्लिम समुदायले विरोध गरेका छन् ।
संविधानमा मधेशी–मुस्लिमको अधिकार स्थापनाका लागि संविधान संशोधनसहितका माग राखी भएको तेस्रो मधेश आन्दोलनमा करिब आधा दर्जन मुस्लिम मारिएका थिए । उनीहरुको बलिदानीलाई नजरअन्दाज गर्दै संविधान संशोधन विना र माग पुरा नगरी दोस्रो चरणको निर्वाचन हुन लागेकोप्रति मुस्लिम समुदायले आपत्ती जनाएको छ ।
पछिल्लो मधेश आन्दोलनमा इफाजत मिया, शेख तबरेज र मोहम्द मेहरुदिनसहित चार जना सहिद भएका छन् । त्यसअघिको पहिलो मधेश आन्दोलनमा १२ जना र दोस्रो मधेश आन्दोलनमा दुई जना मुस्लिम मारिएका थिए ।
हकअधिकारका लागि यतिका मुस्लिम मारिदा पनि सरकारले समस्या समाधान गर्न नखोजेकोप्रति मुस्लिम अगुवाहरुले अक्रोस व्यक्त गरेका छन् । हुलाकी न्यूजसँग कुराकानी गर्ने अधिकांश मुस्लिम अगुवाहरुले सरकारले आन्दोलनमा उठेको माग पुरा नभए ठूलै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
अर्कोतर्फ जेठ १३ वा १४ गतेबाट रमजान सुरु हुने भएकोले पनि मुस्लिम समुदायले निर्वाचनको विरोध गरेका छन् । मुस्लिम धर्मावलम्वीहरु रमजानको महिनामा पानी पनि नखाई ब्रत बस्ने गर्दछन् । यस्तो बेलामा कसरी चुनाव प्रचार अभियान सञ्चालन गर्न सकिन्छ, कार्यकर्ता कसरी प्रचारमा पुग्छन् र मतदाता कसरी लाइन बसी भोट हाल्न जान्छन् जस्ता प्रश्नहरु मुस्लिम बुद्धिजीवी तथा अगुवाहरुले बारम्बार उठाउँदै आएका छन् ।
मुस्लिम बिद्यार्थी अगुवा समसाद आदिलका अनुसार एक महिने रमजानको भोली पल्ट मुस्लिमहरुको महान पर्व ईद पर्दछ । यस पाली ईद असार १३ वा १४ मा पर्न सक्छ । त्यस दिन सार्वजनीकन बिदा हुने गर्दछ तर त्यस बेला ११ कक्षाको परीक्षा राखिएको छ । सार्वजनीक बिदामा पनि परीक्षा राखिएकोले परीक्षार्थीहरु चिन्तित छन् ।
तर काँग्रेस, एमाले र माओवादी केन्द्रमा रहेका मुस्लिम संगठनहरुले निर्वाचनको विरोध गरेको छैन । उनीहरुको मुस्लिम सहिदहरुको मागलाई कुल्चिदै निर्वाचन गराउन चाहन्छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ