News Category 2074/02/09
म्याद गुज्रिएका पतञ्जलीका खाद्यान्न बरामद
दैनिक समाचारदाता
राजविराज, ८ जेठ ।
जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले सोमबार राजविराज १ स्थित पुष्पराज आयूर्वेदिक पसलमा म्याद गुज्रिएका खाद्यान्नहरु बरामद गरेको छ ।
जिल्ला प्रशासन कार्यालयका सप्तरीका प्रशासकीय अधिकृत रोहित भट्टराईको नेतृत्वमा आएको टोलीले सो पसलबाट विस्कुट ३ सय ९५ थान, मेथी, जिरा, बेसारलगायतको प्याकेट २ सय १० थान र कर्नफ्लाक्स १० प्याकेट बरामद गरेको हो ।
प्रशासकीय अधिकृत भट्टराईले भन्नुभयो, “पसलबाट पतञ्जलीद्वारा उत्पादन भएका पाँच प्याकेट बिस्कुट खरीद गरि जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुले लगेका थिए । र त्यसमध्ये दुई प्याकेट बिस्कुट खाईसकेपछि झट् बिस्कुटको खोल हेर्दा समय गुज्रिएको ट्याङ्ग देखियो । अनि हामी तुरुन्त पसलमा आएर अनुगमन गर्दा उक्त सामानहरुमा म्याद गुज्रिएको भेटायौं ।”
म्याद गुज्रिएका विभिन्न खाद्यान्नहरु सोमबारै जिल्ला प्रशसन कार्यालयमा लगेर नष्ट गरिएको उहाँले जानकारी दिदै पसल संचालकलाई पसल संचालनको आवश्यक कागजपत्रहरु प्रशासन कार्यालयमा लिएर आउन निर्देशन समेत दिइएको छ ।
सो टोलीमा खाद्य विशेषज्ञ सुरेश सिंह लगायत अन्य कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ