News Category 2074/02/10
भरतपुर नगरपालिकामा काँग्रेसले गरेको साँठगाँठ गलत ः केन्द्रिय सदस्य कोइराला, दोश्रो चरणको निर्वाचनमा काँग्रेसले अब्बल स्थान ल्याउने दाबी
दैनिक समाचारदाता
राजविराज, ९ जेठ ।
सप्तरी जिल्लामा नेपाली काँग्रेसले आफ्नो चुनावी अभियानलाई पुनः निरन्तरता दिएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आन्दोलनका लागि अग्रभूमी मानिएको यस जिल्लामा काँग्रेसले दोश्रो पटक आफ्नो चुनावी अभियानलाई तिब्रता दिएको हो ।
यसैबीच मंगलबार नेपाली काँग्रेस राजविराज नगर समितिले राजविराजमा स्थानिय तह निर्वाचन सम्बन्धमा आयोजना गरेको छलफल एवं अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । यसअघि बैशाख २ गते मोर्चाको आन्दोलकै क्रममा सदरमुकाम राजविराजबाटै काँग्रेसले पहिलो चुनावी भेलाको आयोजना गरेको थियो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले स्थानिय तहको पहिलो चरणको निर्वाचनमा माओवादी केन्द्रसँग भरतपुर नगरपालिकाको मेयर पदमा काँग्रेसले गरेको साठगाँठ गलत भएको बताउनु भएको छ ।
उहाँले काँग्रेस पार्टीले अब यस्तो भूल पुनः दोश्रो चरणमा नदोह¥याउने भन्दै राजतन्त्रको पक्षधर र संघीयता बिरोधी पार्टीसँग एमाले अध्यक्ष केपी ओलीले निर्वाचनमा गरेको साँठगाँठ बारे जनतालाई जवाफ दिनुपर्ने बताउनुभयो । उहाँले एमाले पनि मुलुकमा राजतन्त्र पुनः फर्काउने पक्षमा र संघीयतालाई धरापमा पार्ने खेलमा खुल्लेआम रुपमा लागिपरेको आरोप समेत लगाउनुभयो ।
यता नेता कोइरालाले मुलुकमा पहिलो चरणको स्थानिय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भइसकेकोले गणतन्त्र र संघीयता संस्थागत भइसकेकोमा कुनै दुईमत नरहेको दाबी गर्नुभयो ।
उहाँले दोश्रो चरणको निर्वाचनमा नेपाली काँग्रेस पहिलो मात्र नभएर अब्बल स्थान हात पार्ने दाबी गर्दै मधेशी जनता पनि काँग्रेसकै पक्षधर रहेको भन्दै मधेशबाट स्थानिय तहको निर्वाचनमा काँग्रेस पहिलो पार्टी बन्ने उल्लेख गर्नुभयो ।
काँग्रेस राजविराज नगर समिति सभापति शम्भुलाल देवको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व गृहराज्य मन्त्री रामकुमार चौधरी, पूर्व जिविस सभापति बिरवल बिराजी, जिल्ला सचिव रामकुमार यादव, जिल्ला कोषाध्यक्ष शिवनारायण चौधरी, महिला संघ सप्तरीकी अध्यक्ष गिता यादव, क्षेत्रिय सभापतिहरु रामप्रसाद मण्डल, महानन्द यादवलगायतका वक्ताहरुले स्थानिय तहको निर्वाचनमा उपगुटलाई समाप्त पारी एकजुट भएर काँग्रेसलाई बिजयी गराउन सबैको सहयोग आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । यस्तै सोही कार्यक्रममा विभिन्न व्यक्तिहरु काँग्रेसमा प्रवेश गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ