News Category 2074/02/10
संविधान संसोधन बिना मधेशमा कुनै पनि निर्वाचन हुन नदिने महतोको चेतावनी
दैनिक समाचारदाता
विरगन्ज, ९ जेठ ।
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका अध्यक्ष राजेन्द्र महतोले संविधान संसोधन बिना मधेशमा कुनै पनि निर्वाचन हुन नदिने चेतावनी दिनुभएको छ ।
पर्साको धोबनी गाँउपालीका, हरिहरपुरमा मंगलबार सम्पन्न विरोध सभा एवं पार्टी प्रवेश कार्यक्रममा सो चेतावनी दिँदै अध्यक्ष महतोले यदि जबरजस्ति निर्वाचन गराउन राज्यले प्रयास गरेमा यसको परिणाम निकै घातक हुने बताउनुभयो ।
उहाँले सरकारको यस्तै रवैया रहिरहयो भने तराई मधेशमा रहेका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाँउपालिकाहरुमा संविधान संसोधन बिना कहिले पनी निर्वाचन हुन नदिने उल्लेख गर्नुभयो ।
सो विरोध सभा एवं पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी सयौं व्यक्ति राजपा नेपालमा प्रवेश गरेका छन् ।
पार्टीका नेता नागेन्द्र प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका अर्का अध्यक्ष अनिल कुमार झा, महामन्त्रि जितेन्द्र सोनल, सांसद रमेश प्रसाद कुर्मी, सह–अध्यक्ष लक्षमणलाल कर्ण, उपाध्यक्ष सुरेन्द्र कुर्मी, महासचिव विमल श्रविास्तव, शिव पटेल, महासचीव राजेश मान सिंह, कदम रसुल, सह–महासचीव निजामुद्दिन समानी, राजेशराम यादव, केन्द्रिय सदस्यहरु रहमतुल्लाह खान, परमानन्द चौधरी, मालती कुशुवाहा, उषा श्रीवास्तव, प्रतिमा जोशी, मुन्नि श्रीवास्तव, नेहाल खान, शशी कपुर मिया, लगायतको सहभागीता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ