News Category 2074/02/12
चुनावको वातावरण बनाउन सरकारलाई आयोगको आग्रह
दैनिक समाचारदाता
काठमाडौं, ११ जेठ ।
निर्वाचन आयोगले ४ सय ६१ स्थानीय तहमा चुनाव गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ ।
सरकारले हालै मात्र तराई मधेका १२ जिल्लामा २२ स्थानीय तह थप गर्नुका साथै दुई उमहानगरपालिका वीरगञ्ज र बिराटनगरलाई महानगर र २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गर्ने निर्णय गरेको थियो ।
त्यस अनुसार चुनावको व्यवस्था गर्न सरकारले आयोगलाई पत्राचार गरेको छ । सरकारको पत्र पाएपछि बिहीबार बसेको निर्वाचन आयोगको बैठकले यसअघि प्रकाशित निर्वाचन कार्यक्रम अनुसार ४६१ स्थानीय तहमा चुनाव गराउने वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ ।
परिर्वतन भएका गाउँपालिका तथा नगरपालिकाको वडा संख्या लगायतका विस्तृत विवरण अझैसम्म नपाएको भन्दै आयोगले यो प्राप्त भएपछि त्यस अनुसार मतदानता नामावली र स्थानीय तहको केन्द्रमा पु¥याउन सम्भव नभएको बताएको छ ।
‘मतदाताको परिर्वतित ठेगाना अनुरुप मतदाता परिचय पत्र छपाई गरी जेठ २७ गतेसम्म सम्वन्धित मतदान केन्द्रमा पुग्ने गरी व्यवस्थापन गर्न नसकिने जानकारी गराइन्छ’ आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै भनेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ