News Category 2074/02/15
राजपाद्वारा लाठी जुलुस प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, १४ जेठ ।
संविधान संशोधन नगरि गर्न लागेको दोश्रो चरणको स्थानिय तहको निर्वाचनको बिरोधमा आईतबार राजविराजमा राष्ट्रिय जनता पार्टी नेपाल सप्तरीले बृहत लाठी जुलुस प्रदर्शन गरेको छ ।
राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट निकालिएको लाठी जुलुस नगरको विभिन्न भागको परिक्रमा पश्चात् जनआन्दोलन चौकमा पुगेर विरोध सभामा परिणत भएको थियो ।
राजपा नेपालका सप्तरी संयोजक सुनिल कुमार झाको नेतृत्वमा निकालिएको सो बृहत लाठी जुलुसमा राजपा नेपालका नेता मृगेन्द्र कुमार सिंह यादव, गजेन्द्र कुमार मण्डल, सतिश कुमार सिंह, दिनेश कुमार यादव, दिपेन्द्र चौधरी, रामप्रित यादव, अमरनाथ मण्डल, किशोर कुमार यादव, अशोक कुमार यादव, लक्ष्मण यादव, नरेन्द्र यादव, निरज मुक्ति, महिला नेतृहरु पुनम यादव, साधना झा, रमिला साह सहित सयौं नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
यसअघि शनिबार पूर्वनिर्धारित कार्यक्रम अनुसार राजपाले मसाल जुलुस प्रदर्शन गरेको थियो । राजपाले निर्वाचनका कार्यक्रम तथा उम्मेदवारीलाई लक्षित गर्दै जेठ १६ गते निर्वाचन कार्यालयमा तालाबन्दी, १७ गते मसाल जुलुस तथा १८ र १९ मधेश, थारुहट तथा लिम्बुवान बन्दको घोषणा गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ