News Category 2074/02/15
ईटा भट्टाका कर्मचारीको रहस्यमय मृत्यु
दैनिक समाचारदाता
राजविराज, १४ जेठ ।
सप्तरीको हर्दिया कटैयास्थित पूर्णिमा ईटा भट्टामा कार्यरत एक कर्मचारीको शनिबार राति रहस्यमय मृत्यु भएको छ ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकास्थित साविकको १ न. जोगिनिया वडा न. ७ निवासी अन्दाजी ४० वर्षिय तेज नारायण बनबरिया यादवको रहस्यमय तरीकाबाट हत्या गरिएको अवस्थामा शव फेला परेको परिवारजनले बताएका छन ।
विगत ३ महिनादेखि यादव सो ईटा भट्टामा कार्यरत रहेको तथा शनिबार राति करिब १ बजेतिर यादवको मृत अवस्थामा शव फेला परेको पीडितका परिवारजनलाई उद्धित गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मृतकको शरीरको विभिन्न स्थानमा गम्भिर चोट लागेको अवस्थामा फेला परेको परिवारजनले बताएका छन् । मृतकका परिवारजनका अनुसार कसैले ब्यक्तिगत रिसिभिका कारणले हत्या गरेको हुन सक्ने अनुमान गरेको छ ।
यता मृतकको शव हाल पोष्टमार्टमसका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा राखिएको तथा घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपी अनुराग द्धिवेदीले जानकारी दिनुभयो ।
यादवको हत्या गरिएको भनि मृतकका परिवारजनले दाबी गरिरहेको सम्बन्धमा एसपी द्धिवेदीले पोष्टमार्टमसको रिपोर्ट नआएसम्म केही भन्न सकिने बताउनुभयो ।
यसैबिच मृतकका परिवारजनले राजविराजमा पोष्टमार्टमस नगरी धरान अथवा विराटनगरमा गर्नुपर्ने तथा हत्या गरिएका युवकको घटनाको विस्तृत अनुसन्धान गरी दोषीमाथि आवश्यक कार्बाही गर्नुपर्ने माँग समेत गरेका छन । मृतक यादवको एक श्रीमति र १० वर्षिय छोरा रहेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ