News Category 2074/02/15
हतियार, गाँजा र गोइतको पर्चासहित दुई पक्राउ
दैनिक समाचारदाता
राजविराज, १४ जेठ ।
प्रहरीले सप्तरीको दुई स्थानबाट शनिबार दुई जनालाई हतियार र गाँजासहित पक्राउ गरेको छ । पक्राउ परेकाहरुको साथबाट जनतान्त्रिक मुक्ति मोर्चा (क्रान्तिकारी) जयकृष्ण गोईत समुहको पर्चा समेत फेला पारेको जनाएको छ ।
जिल्लाको इटहरी बिष्णुपुर गाउँपालिका वडा नं. ७ मा बिशेष सूचनाको आधारमा प्रहरीले गरेको चेक जाँचका क्रममा सो स्थान निवासी १९ वर्षिय आदित्य शर्माको साथबाटदचस् एक थान पेस्तोल, दुई राउण्ड गोली र ५ सय ग्राम गाँजा, एक थान मोवाइल र जनतान्त्रिक मुक्ति मोर्चा (क्रान्तिकारी) जयकृष्ण गोईत समुहको पर्चा समेत फेला पारेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै पक्राउ परेका शमालाई प्रहरीले अनुसन्धान गर्दा जिल्लाको रुपनी गाउँपलिका वडा नं १ बस्ने ३३ बर्षका मो.नसिर समेत संलग्न रहेको जनाएपछि नसिरलाई आइतबार राजबिराज ८ बाट नियन्त्रणमा लिएको जनाएको छ ।
साथै पक्राउ परेका दुबैलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ