News Category 2074/02/15
मैथिली चलचित्र विकास बोर्ड स्थापना हुनुपर्नेमा माँग
दैनिक समाचारदाता
राजविराज, १४ जेठ ।
राज्यको उदासिनता तथा आर्थिक अभावका कारणले मैथिली फिल्म तथा मिथिलका कलाकारहरु विस्थापित हुने गरेकाले मैथिली चलचित्र विकास बोर्ड स्थापना हुनुपर्नेमा माँग गरेका छन् ।
डिएन फिल्मस् प्रालिको सहकार्य तथा नेपाल सरकार चलचित्र विकास बोर्ड काठमाडौंको सहयोग तथा नेपाल मैथिली चलचित्र कलाकार संघको आयोजनामा आईतबार राजविराजमा आयोजित मैथिली चलचित्रको अवस्था तथा प्रवद्र्धन विषयक अन्तरक्रिया कार्यक्रममा सहभागि बक्ताहरुले सो माँग गरेका हुन ।
कार्यक्रममा सहभागिहरुले मधेशका जिल्लाहरुमा मैथिली चलचित्र विकास बोर्ड स्थापना तथा सिनेमा हलमा मैथिली फिल्मको स्थान नदिएकै कारणले मैथिली फिल्महरुले बजार लिन नसकेकाले यहाँका कलाकारहरु दिन प्रतिदिन विस्थापित भईरहेको बताएका छन् । वक्ताहरुले समयमै त्यसतर्फ राज्य तथा सम्बन्धित निकायले ध्यान दिन नसकेकोे खण्डमा मैथिली कलाकारहरुले आन्दोलन समेत गर्न सक्ने चेतावनी दिएका छन् ।
आर्थिक अवस्था तथा राज्यको सौतेला व्यवहारका कारणले गर्दा मैथिली र मिथिला कलाकारहरु चाहेर पनि लगानीकर्ताको अभावमा अगाडी बढन नसकिने अवस्था भएकाले मैथिली र मिथिलान्चलमा कला क्षेत्रकै माध्यमबाट विकास सम्भव हुने विश्वास ब्यक्त गरेका छन् ।
संघका अध्यक्ष कमल मण्डलको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका उपाध्यक्ष एवं मैथिलीकर्मी श्याम सुन्दर यादवको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा मैथिलीकर्मी एवं कलाकारहरु महेन्द्र मण्डल वनवारी, जिबछ दास, अंजु यादव, सागरविर कडारी, मुनचुन देव, पत्रकार शुभ नारायण यादव, निर्देशकहरु निराजन मेहता, धर्मेन्द्र यादव धर्मात्मा, रमिला साह, सुभाष बिरपुररिया, डिपी शास्त्री लगायतका बक्ताहरुले मैथिलाका कलाकारहरुलाई अगाडी बढाउनका लागि सम्पुर्ण कलाकारहरु एक जुट भएर अगाडी बढनुपर्नेमा जोड दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ