News Category 2074/02/16
फोरम परित्याग गरि सुखराम यादव एमालेमा प्रवेश
दैनिक समाचारदाता
राजविराज, १५ जेठ ।
संघीय समाजवादी फोरम नेपाल प्रदेश नं. २ का सदस्य सुखराम यादवले साधारण सदस्य समेत नरहने गरि पार्टीबाट राजिनामा दिनुभएको छ ।
नेपाल पत्रकार महासंघ सप्तरीमा सोमबार यादवले पत्रकार सम्मेलन गरि सो राजिनामा दिनुभएको हो । उहाँले सोही पत्रकार सम्मेलनमा नेकपा एमालेमा प्रवेश गर्ने घोषणा गर्नुभयो ।
आयोजित पत्रकार सम्मेलनमा यादवले फोरम परित्याग गर्नुको मुख्य कारण नेतृत्व वर्गमा सामन्तीवाद प्रवृत्ति, एकल नेतृत्व, आसेपासे र जातिवादलाई महत्व दिने तथा मनोमानी ढंगले निर्णय गर्ने प्रवृत्ति हावी भएकोले राजिनामा दिनु परेको बताउनुभयो ।
पार्टीको नेतृत्ववर्गको एकल निर्णय र हैकमवादी प्रवृत्तिले जिल्लाका नेता र कार्यकर्ताहरुमा अन्यौल र निराशा छाएको भन्दै यादवले भन्नुभयो, “यस्तो अवस्थामा पार्टीमा बस्न ठीक नभएको ठानेर राजिनामा दिएको हु ।”
उहाँले एमाले पार्टी राष्ट्रिय पार्टी भएकोले हिमाल, पहाड र तराईका जनताको सुख, दुःखमा साथ दिने विश्वास रहेको भन्दै हिमाल, पहाड र तराई मधेशका बीचमा विभाजन रेखा कोरेर आप्mनो स्वार्थ पुरा गर्ने राजनैतिक पार्टी र नेतृत्वहरुबाट सावधान रही दुरदृष्टि र बस्तुनिष्ठ कार्यव्रmम बोकेको एमालेको झण्डा मुनी गोलबद्ध हुन सबैलाई पत्रकार सम्मेलन मार्पmत आग्रह समेत गर्नुभयो ।
संचारकर्मीहरुको प्रश्नको जवाफ दिँदै यादवले भन्नुभयो, “मधेशको माग सम्वोधन गर्ने विषयमा एमाले पहिलो भन्दा बढी सकारात्मक देखिएकाले आफु एमाले पार्टीमा प्रवेश गर्ने निर्णयमा पुगेको हुँ ।”
केही दिनमै पाँच सय भन्दा बढी कार्यकर्ताका साथ एक कार्यव्रmम बीच एमालेको सदस्यता ग्रहण गर्ने उहाँले जानकारी दिदै आफु कुनै शर्त नराखी एमालेमा प्रवेश गर्ने निर्णयमा पुगेको स्पष्ट समेत पार्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ