News Category 2074/02/18
प्राप्त उपलब्धी जोगाउनु र बा“कीका लागि संघर्ष जारी राख्नु नै अहिलेको प्रमुख आवश्यकता ः उपेन्द्र यादव
दैनिक समाचारदाता
राजविराज, १७ जेठ ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले हालसम्म प्राप्त भएको उपलब्धीलाई जोगाउनु र बा“कीका लागि संघर्ष जारी राख्नु नै अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभएको छ ।
चुनावी प्रतिबद्धता सार्वजनिकिकरण सामारोहलाई राजविराजमा बुधबार सम्बोधन गर्दै अध्यक्ष यादवले संविधानलाई सबैको स्वीकार्य बनाउने संशोधन आवश्यक भएपनि अहिलेको अवस्थामा सम्भव नभएकाले फोरमले चुनावमा जाने निर्णय गरेको स्पष्ट पार्नुभयो ।
स्थानीय तह भनेको स्थानीय सरकार भएकाले यसबाट जनतालाई हटाएर राख्नु अन्याय भएकाले आफूहरु प्राप्त उपलब्धीलाई जोगाउ“दै थपकालागि चुनावलाई पनि संघर्षकै रुपमा लिएको अध्यक्ष यादवको भनाई थियो ।
फोरम अध्यक्ष यादवले स्थानीय तहको चुनावमा सबैको सहभागिता हुनुपर्ने बताउ“दै चुनाव चिन्हकैलागि कसैलाई क्रान्तिकारी बन्नुपर्ने आवश्यकता नरहेको उल्लेख गर्नुभयो । केही साताअघि मात्रै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध रहेका फोरम बाहेकका ६ मधेसवादी दलहरु एकिकरण भई गठन भएको राजपाप्रति इंकित गर्दै अध्यक्ष यादवले चुनाव चिन्हकैलागि क्रान्तिकारी बन्नु आवश्यक नभएको भन्दै संसद् दर्ता भएको प्रस्ताव अनुसार उहा“हरुले चाूडै चुनाव चिन्ह पाउनुहुने विश्वास समेत व्यक्त गर्नुभयो ।
उहाँले सबै मधेसवादी शक्तिहरु एक भई बुलेटको जवाफ ब्यालेटबाट दिनुपर्ने उल्लेख गर्दै आगामी दिनकालागि शक्ति संचय गर्नु पनि स्थानीय तहको चुनाव आवश्यक रहेकाले सबैको सहभागिता आवश्यक रहेको जिकिर गर्नुभयो ।
यसैबीच फोरम नेपालले बुधवार राजविराज र हनुमाननगर कंकालिनी नगरपालिकामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा दर्जनौं नेता तथा कार्यकर्ताहरु विभिन्न पार्टी परित्याग गरी फोरममा प्रवेश गरेका छन् ।
यस्तै राजविराजमा आयोजित कार्यक्रममा राजपाका स्थानीय प्रभावशाली नेता भिमराज यादव उक्त पार्टी परित्याग गर्दै फोरममा प्रवेश गरेका छन् भने हनुमाननगर कंकालिनी नगरपालिकामा माओवादी केन्द्रका प्रभावशाली नेता कृष यादव फोरम नेपालमा प्रवेश गरेका छन् । दुवै जना स्थानीय तहको चुनावमा फोरमबाट टिकट निश्चित भएपछि उक्त पार्टीमा प्रवेश गरेको श्रोतले जनाएको छ ।
यसअघि दुई दिनअघि मात्रै फोरमको तराई–मधेस प्रदेश समितिका सदस्य तथा स्थानीय प्रभावशाली नेता सुखराम यादवले उक्त पार्टीबाट टिकट नपाउने भएपछि पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेका छन् । यादवलाई एमाले सप्तरीले स्थानीय तहको निर्वाचनमा राजविराज नगरपालिकाको मेयर पदमा टिकट दिने निश्चित गरेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ