News Category 2074/02/18
कामकाज पारदर्शी बनाउनुपर्नेमा प्रजिअ कट्वालको जोड
दैनिक समाचारदाता
राजविराज, १७ जेठ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कट्वाल सरकारी तथा गैरसरकारी कार्यालयहरुले आफ्ना गतिविधिलाई जनता माँझ पारदर्शी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीको आयोजनामा बुधबार महासंघको भवनमा आयोजित सरकारी तथा गैरसरकारी संघ संस्थाहरुसँग अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रमका क्रममा प्रजिअ कट्वालले सो कुरामा जोड दिनुभएको हो ।
उहाँले विभिन्न कार्यलय प्रमुखहरुलाई सप्तरीमा यस्ता असान्दर्भिक गतिविधीलाई न्यूनिकरण गर्न सुझाब दिदै कार्यालयहरुको बजेट बिनियोजन र खर्चको हरहिसाबमा सञ्चारकर्मीको सहभागिता हुपर्नेमा जोड समेत दिनुभयो ।
यस्तै कार्यक्रममा स्थानिय विकास अधिकारी सुदेव कुमार पोखरेलले बिकासीय कार्यालयहरुमा हुने अनियमित कार्यको भण्डाफोर गर्न संचारकर्मीहरु बिना संकोच लाग्नु पर्नेमा जोड दिनुभयो । त्यस्तै हरेक गतिविधिहरुको अनुगमन कार्यमा पत्रकारहरुहरुलाई समावेश गराई राम्रा र गलत कार्यलाई संचारमाध्यमबाट सार्वजनिक गरिदिन आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका निवर्तमान अध्यक्ष प्रकाश खतिवडा, पूर्वअध्यक्षद्वय शिवहरि भट्टराई, बैधनाथ झा, गैरसरकारी संस्था महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, उद्योग वाणिज्य महासंघ सप्तरीका अध्यक्ष अरुण प्रधान, गाविस सचिव हकहित संरक्षण केन्द्रका राम कुमार यादव, नागरिक सञ्जाल सप्तरीका अध्यक्ष सुखराम यादव लगायतकाले मन्तव्य व्यक्त गर्नुभयो । सो कार्यक्तममा सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ