News Category 2074/02/19
“कार्तिकबाट राजविराज विमानस्थल कहिले बन्द नहुने गरि संचालन हुन्छ”, राजपा चुनावमा सहभागि हुन्छ ः मन्त्री देव
दैनिक समाचारदाता
राजविराज, १८ जेठ ।
कामचलाउ सरकारका स“स्कृति तथा नागरिक उड्डयन पर्यटन मन्त्री जितेन्द्रनारायण देवले आन्दोलनमा रहेका राष्ट्रिय जनता पार्टी नेपाल पनि निर्वाचनमा सहभागि हुने बताउनु भएको छ ।
गृहजिल्ला सप्तरी आउनु भएका मन्त्री देवले बिहीबार राजविराजस्थित नेपाल पत्रकार महासंघको शाखा कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सो कुरा बताउनु भएको हो ।
मधेसी–थारु, आदिबासी जनजाती समुदायले उठाएको संविधान संशोधनको माग पूरा गर्न सत्तापक्ष गम्भिर रहेको बताउँदै मन्त्री देवले तत्कालै संशोधनको अवस्था नभएकाले चुनावपछि एक पटककालागि संशोधन प्रस्तावमाथि भोटिंग गराउन संसद्मा लगिने प्रयास गरिने जानकारी दिनुभयो ।
स्थानीय तहको चुनाव सबैको आवश्यकता भएकाले राजपासहित सबैको सहभागिता आवश्यक रहेकोले राजपा पनि निर्वाचनमा सहभागिा हुने विश्वास व्यक्त गर्नुभयो ।
सरकारले पटक पटक निर्धारण गरेको दोश्रो चरणको स्थानीय तहको निर्वाचनको मिति १४ असारबाट अब नसर्ने दाबी गर्दै उहाँले सोही मितिमा सबैलाई चुनावमा सहभागी गराउने गरी गृहकार्य भइरहेको स्पष्ट पार्नुभयो ।
एक अर्को प्रसंगमा मन्त्री देवले आउ“दो कार्तिकबाट निर्माणधिन राजविराज विमानस्थल सञ्चालन हुने जानकारी दिनुभयो । सम्बन्धित मन्त्रालयको प्रमुखको हैसियतले मन्त्री देवले केही दिन सञ्चालनमा आएर पुनः बन्द गरिने काम यस पटक राजविराज विमानस्थलमा नहुने विश्वास व्यक्त गर्नुभयो । यस्तै बाूकी पूर्वाधार निर्माणको कामकालागि आगामी आर्थिक वर्षकालागि ५४ करोड रकम रेडबुकमा उल्लेख भएको मन्त्री देवले जानकारी दिनुभयो ।
यसैगरि ऐतिहासिक महत्व बोकेका सप्तरीका शक्तिपीठ छिन्नमस्ता, कंकालिनी, राजदेवी, शम्भुनाथ तथा सिरहाका सलहेशसहितको प्रबद्र्धनकालागि आगामी आबका लागि आवश्यक बजेट छुट्याएको उहाँले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ