News Category 2074/02/19
“कार्तिकबाट राजविराज विमानस्थल कहिले बन्द नहुने गरि संचालन हुन्छ”, राजपा चुनावमा सहभागि हुन्छ ः मन्त्री देव
दैनिक समाचारदाता
राजविराज, १८ जेठ ।
कामचलाउ सरकारका स“स्कृति तथा नागरिक उड्डयन पर्यटन मन्त्री जितेन्द्रनारायण देवले आन्दोलनमा रहेका राष्ट्रिय जनता पार्टी नेपाल पनि निर्वाचनमा सहभागि हुने बताउनु भएको छ ।
गृहजिल्ला सप्तरी आउनु भएका मन्त्री देवले बिहीबार राजविराजस्थित नेपाल पत्रकार महासंघको शाखा कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सो कुरा बताउनु भएको हो ।
मधेसी–थारु, आदिबासी जनजाती समुदायले उठाएको संविधान संशोधनको माग पूरा गर्न सत्तापक्ष गम्भिर रहेको बताउँदै मन्त्री देवले तत्कालै संशोधनको अवस्था नभएकाले चुनावपछि एक पटककालागि संशोधन प्रस्तावमाथि भोटिंग गराउन संसद्मा लगिने प्रयास गरिने जानकारी दिनुभयो ।
स्थानीय तहको चुनाव सबैको आवश्यकता भएकाले राजपासहित सबैको सहभागिता आवश्यक रहेकोले राजपा पनि निर्वाचनमा सहभागिा हुने विश्वास व्यक्त गर्नुभयो ।
सरकारले पटक पटक निर्धारण गरेको दोश्रो चरणको स्थानीय तहको निर्वाचनको मिति १४ असारबाट अब नसर्ने दाबी गर्दै उहाँले सोही मितिमा सबैलाई चुनावमा सहभागी गराउने गरी गृहकार्य भइरहेको स्पष्ट पार्नुभयो ।
एक अर्को प्रसंगमा मन्त्री देवले आउ“दो कार्तिकबाट निर्माणधिन राजविराज विमानस्थल सञ्चालन हुने जानकारी दिनुभयो । सम्बन्धित मन्त्रालयको प्रमुखको हैसियतले मन्त्री देवले केही दिन सञ्चालनमा आएर पुनः बन्द गरिने काम यस पटक राजविराज विमानस्थलमा नहुने विश्वास व्यक्त गर्नुभयो । यस्तै बाूकी पूर्वाधार निर्माणको कामकालागि आगामी आर्थिक वर्षकालागि ५४ करोड रकम रेडबुकमा उल्लेख भएको मन्त्री देवले जानकारी दिनुभयो ।
यसैगरि ऐतिहासिक महत्व बोकेका सप्तरीका शक्तिपीठ छिन्नमस्ता, कंकालिनी, राजदेवी, शम्भुनाथ तथा सिरहाका सलहेशसहितको प्रबद्र्धनकालागि आगामी आबका लागि आवश्यक बजेट छुट्याएको उहाँले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ