News Category 2074/02/20
एकै परिवारका तीन जना दृष्टिबिहिनलाई गुजारा गर्न धौं–धौं
दैनिक समाचारदाता
राजविराज, १९ जेठ ।
सप्तरीको बेल्हीचपेना गाउँपालिका साविक वेल्ही चपेना गाविस वडा नं २ जमुवा टोलका एकै परिवारका बुवा, छोरा र छोरी समेत दृष्टिबिहिन छन् ।
बेल्हीचपेना गाउँपालिका निवासी मुस्लीम बस्तीका ३० बर्षिय मो. बसिर हुसैन जन्मजात देखि नै दृष्टिविहिन रहेका कारणले बिच्चलीमा परेका हुन । बसिरसँगै उनका दुई जना छोराछोरीहरु पनि दृष्टिविहिन छन् । बुवा र छोराछोरी एउटै परिवारका तिन जना सदस्य दृष्टिबिहिन भएपछि सो परिवारको जिवन धान्न निकै समस्या भईरहेको छ ।
बसिरका जेठी छोरी ४ बर्षिया हलिमा खातुन तथा २ बर्षिय छोरा मो.नासिर हुसैन पनि जन्मेदेखि नै दृष्टिविहीन छन् । यस्तै उनका श्रीमति सुस्त मनोस्थितिकी कारणले उनको जीवन एकदमै कष्टकर र दयनिय अवस्था चलिरहेको छ । तर, पनि उनी समक्ष अहिलेसम्म कुनै सहयोगि हात बढ्ेको छैन् । समस्यै समस्याबाट जसोतसो गुजारा गरिरहेका वसिरसँग जग्गा जमीनको नाममा घर मात्रै रहेको छ भने उनको परिवारको गुजारा वृद्ध आमाले अरुको घरमा काम गरेर गर्दै आईरहेकी छिन् ।
सरकारले वसिरलाई अपाङ्गता आधारमा चौमासिक रुपमा रु. ४ हजार प्रदान गरेपछि सोही रकमबाट पाँच जना परिवारको गुजारा चलिरहेको छ । यो बाहेक अन्य कुनै सीप नभएकाले पनि बसिरलाई आफु तथा आप्mना छोराछोरी, श्रीमति र बुढी आमाको न्युन कमाईबाट गुजारा गर्नमा बाध्य छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ