News Category 2074/02/23
सप्तरीमा मतपत्र रुजु गर्ने काम सम्पन्न
दैनिक समाचारदाता
राजविराज, २२ जेठ ।
सप्तरीमा स्थानिय तहको निर्वाचनका लागि निर्वाचन कार्यालयले मतदाता शिक्षा सुरु गरेसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले पनि मतपत्र रुजु गर्ने काम सम्पन्न गरेको छ भने कर्मचारी छनोट प्रक्रियालाई तिब्रता दिएको छ ।
मुख्य निर्वाचन अधिकृत जिल्ला अदालत राजविराजका मुख्य न्यायाधिश सारदा प्रसाद कोइरालाले सप्तरीको १७ वटै स्थानिय तहका लागि पठाइने मतपत्र रुजु गरिसकिएको जानकारी दिनुभयो । उहाँले सो मतपत्रहरु रुजु गर्न सात दिनको समय लागेको बताउँनुभयो ।
यस्तै उहाँले मतदाता रुजु गरिसकेपछि कर्मचारीहरुको छनोटका लागि कार्य प्रारम्भ समेत गरिसकेको जानकारी दिनुभयो । सम्पूर्ण कार्यालयहरुबाट कर्मचारीहरुको सूची आइसकेको बताउँदै १७ वटै स्थानिय तहका लागि २ हजार ७ सय कर्मचारी आवश्य पर्ने जानकारी दिनुभयो । कर्मचारी छर्नौट गर्ने क्रममा मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा अन्य कर्मचारी छनौटको कार्य पनि तीन चार दिनमै सम्पन्न भइसक्ने उल्लेख गर्नुभयो ।
सप्तरीमा १७ वटा स्थानिय तहका लागि २ सय ९२ मतदान स्थल अन्तरगत ४ सय ६१ मतदान केन्द्र तोकिएको छ । जसमा जिल्लाका २ सय ८६ मतदान स्थललाई सरकारले संवेदनशिल र ६ स्थललाई अत्यन्त संवेदनशिल केन्द्रको सूचीमा राखेको छ ।
यसअघि जिल्ला निर्वाचन कार्यालय सप्तरीले जेठ ५ गतेदेखी ४ सय ६१ कर्मचारीहरु मार्फत मतदाता शिक्षा कार्यक्रम संचालन गरिरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ