News Category 2074/02/23
सुरक्षा सतर्कता बढाएपछि एक सातामा हतियारसहित तीन पक्राउ
दैनिक समाचारदाता
राजविराज, २२ जेठ ।
निवार्चनलाई लक्षित गरी जिल्लामा सुरक्षा सतर्कता बढाएपछि सप्तरी प्रहरीले एक सातामा हतियारसहित तीन जनालाई पक्राउ गरेको छ ।
यसै क्रममा सप्तरी प्रहरीले आइतबार जिल्लाको बोदेबर्साइन नगरपालिकाबाट एक जना युवकलाई हतियारसहित पक्राउ गरेको छ ।
बोदेबर्साइन नगरपालिका वडा नं. १४ नेगडास्थित सार्वजनिक बाटोमा शंकास्पद रुपले घुमफिर गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले सोमबार बिहान पत्रकार सम्मेलनको आयोजना गरि पक्राउ परेका युवक सोही नगरपालिका वडा नं १ निवासी ३० वर्षिय पप्पुकुमार दास रहेको जानकारी दिएको छ ।
पक्राउ परेका दासलाई चेकजाँच गर्दा उनको साथबाट युएसए मेड पेस्तोल तथा म्यागजिन भित्र लोड भएको चार राउण्ड गोली बरामद गरिएको प्रहरी उपरीक्षक अनुराग कुमार द्विवेदीले जानकारी दिनुभयो ।
यसअघि गत शनिबार मात्रै हतियार सहित दुई जना यूवकलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा इटहरी बिष्णुपुर गाउँपालिका वडा नं. ७ का १९ वर्षिय आदित्य शर्मा र रुपनी गाउँपलिका वडा नं १ बस्ने ३३ बर्षका मो.नसिर रहेका छन् । उनीहरुको साथबाट एक थान पेस्तोल, गाँजा र जनतान्त्रिक मुक्ति मोर्चा (क्रान्तिकारी) जयकृष्ण गोईत समुहको पर्चा समेत फेला परेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ