News Category 2070/08/02
नेकपा–माओवादीका तीन कार्यकर्ता पक्राउ
दैनिक संवाददाता
राजविराज, २ मंसीर ।
निर्वाचन हुन दुई दिन मात्र बाँकी रहदाँ सप्तरीको हनुमाननगरबाट प्रहरीले आज विहान मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीका तीन जना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।
हनुमाननगर बजारमा घुमिरहेका बेला प्रहरीले नेकपा–माओवादी सप्तरी क्षेत्र नम्बर २ का एरिया इञ्चार्ज बच्चेलाल सरदार र नेकपा–माओवादी निकट दलित राष्ट्रिय मुक्ति मोर्चाका जिल्ला उपाध्यक्ष फरेबी सदालाई नियन्त्रणमा लिएको छ । त्यस्तै मजदुर संगठनका जिल्ला अध्यक्ष भोलाप्रसाद यादव (भोली) लाई प्रहरीले राजविराज नगर क्षेत्रबाट नियन्त्रणमा लिएको छ ।
निर्वाचनका मुखमा निर्वाचन बिरोधी गतिबिधीहरु गर्न सक्ने आशंकामा दुबै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता तथा प्रहरी नायब उपरिक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।
नियन्त्रणमा लिएका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय ल्याउने तयारी भइरहेको प्रबक्ता चौधरीले बताउनुभयो ।
यसअघि गत बुधवार प्रहरीले सप्तरीको महुलीबाट नेकपा–माओवादीका जिल्ला सेक्रेटरी दिपेन्द्र माझीलाई नियन्त्रणमा लिई सार्वजनिक अपराध मुद्दा चलाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ