News Category 2074/02/24
जनआन्दोलन परिचालन कमिटीद्वारा बिरोधका कार्यक्रम सार्वजनिक
दैनिक समाचारदाता
राजविराज,२३ जेठ ।
राष्ट्रिय जनता पार्टी निकट राजबिराज नगरपालिका जनआन्दोलन कमिटिले स्थानिय तहको निर्वाचन बिरोधी कार्यक्रम सार्वजनिक गरेको छ ।
राजबिराजस्थित पबिमाबिको प्राङ्गणमा मंगलवार जनआन्दोलन कमिटीको बैठकले नेकपा एमालेले जिल्लामा गर्ने कुनै पनि कार्यक्रम बिरोध गर्नेदेखी बिरोध सभा, चक्काजाम सहितको कार्यक्रम गर्ने निर्णय गरेको छ ।
सो जनआन्दोलन परिचालन समितिले जेठ २४ गते राजबिराज नगरपालिका वडा नं १ स्थित बिरौल चौकमा बिरोध सभा, २५ गते सदरमुकाम सहित राजमार्गमा दुुई घण्टा चक्काजामा गर्ने र जेठ २६ गते राजबिराजको शिवमिन्दर अगाडी कोण सभा गर्ने निर्णय गरिएको संयोजक मण्डलका सदस्य लक्ष्मण यादबले जानकारी दिनुभयो ।
बिगत लामो समय देखी मधेशी दल संबिधान संशोधनको बिषयलाई लिएर आन्दोलनरत रहेको भन्दै संबिधान संशोधनका लागी एमाले नै मुख्य वाधक रहेको राजपामा नेता एवं संयोजक मण्डलका सदस्य लक्ष्मण यादबले बताउनुभयो ।
यस्तै संबिधान संशोधन बिषयमा नेकपा एमालेले लचकता नदेखाएसम्म सप्तरीमा कुनै पनि कार्यक्रमको राजपा नेपालले बिरोध गर्ने राजपामा नेता दिपेन्द्र चौधरीले जानकारी दिनुभयो । अहिलेको स्थितिमा संबिधान संशोधन बिना राजपा नेपाल स्थानिय निर्वाचनमा भाग नलिने बताउदै एमालेले गर्ने कुनै पनि कार्यक्रमको क्रममा क्षति भए सोको जिम्मेवारी स्वयंम एमालेले नै लिनुपर्नै साथै यसप्रति राज्य पक्ष सचेत रहन चौधरीले बताउनुभयो ।
यस्तै राष्ट्रिय जनता पार्टी नेपालले सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका अन्तर्गत सकरपुरामा जनआन्दोलन परिचालन समिति चयन गरेको छ ।
दामोदर मुखियाको संयोजकत्वमा गठित परिचालन समितिका सहसंयोजकमा इनर मुखिया र सदस्यहरुमा क्रमश रमेश मुखिया, बिरेन्द्र साह, भुवनेश्वर यादव, पंकज मुखिया, किसुन मुखिया, बद्री मण्डल, रामपुकार साह, भोला खंग, रामचन्द्र मुखिया, ओम प्रकाश मुखिया, दयाराम साह, जयराम मुखिया, गणेश खंग, धर्मेन्द्र राय, जिबछ मुखिया, उग्रकान्त झा सहित ५१ सदस्यीय रहेको राजपा नेपालका नेता सतिश कुमार सिंहले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ