News Category 2074/02/25
निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ः प्रहरी प्रमुख द्विवेदी
दैनिक समाचारदाता
राजविराज, २४ जेठ ।
असार १४ हुने स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीले सुरक्षा व्यवस्थालाई अत्यन्त कडा पारेको छ ।
अहिले निर्वाचनको अवसरमा जिल्लाको विभिन्न चौक तथा बजारहरुमा प्रहरी तथा म्यादी प्रहरीहरुलाई २४ औं घण्टा तैनाथ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक एवं प्रमुख अनुराग द्विवेदीले जिल्लामा निर्वाचनका क्रममा कुनै पनि घटना वा दुर्घटना हुन नदिन प्रहरी तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।
उहाँले जिल्लाको सुरक्षाका लागि प्रहरीले २४ औं घण्टा चेकजाच गरिरहेको जानकारी दिँदै थप प्रहरी मोबाइल गस्ती समेत परिचालन गरिएको दाबी गर्नुभयो । त्यस्तै इलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीमा थप जनशक्ति परिचालन समेत गरिएको छ ।
प्रहरी उपरिक्षक द्विवेदीले प्रत्येक मतदान स्थलको निरिक्षण र अनुगमन गरेर आवश्यकता अनुसार थप प्रहरी परिचालन गरिने उल्लेख गर्नुभयो । उहाँले जिल्लाको अति संवेदनशिल मतदान केन्द्रमा ५ प्रहरी ९ म्यादी प्रहरी तथा संवेदनशिल मतदान केन्द्र ४ प्रहरी ६ म्यादी प्रहरी खटाइने बताउनुभयो ।
यता मतदान केन्द्र बढ्दै गएको अवस्था एक एक प्रहरी र म्यादी बढाउन सकिने समेत बताउनुभयो । जिल्लामा २ सय ९२ मतदान स्थल तोकिएको छ । जसमध्ये २ सय ६ अति संवेदनशिल र ८६ संवेदनशिल मतदान स्थल रहेका छन् । त्यस्तै ४ सय ६१ मतदान केन्द्र मध्ये ३ सय २६ अति संवेदनशिल १ सय ३५ संवेदनशिल रहेको उहाँले जानकारी दिनुभयो ।
यसअघि सप्तरी प्रहरीले निर्वाचनको मुखमा तीन जनालाई हतियारसहित पक्राउ समेत गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ