News Category 2074/02/26
रोजगारीका लागि जिल्लाबाट सबै भन्दा बढी ३१ हजार ९ सय ७१ जना मलेशियामा, बिदेशमा १ सय २५ जनाले ज्यान गुमाए
दैनिक समाचारदाता
राजविराज, २५ जेठ ।
बढ्दो बेरोजगारी समस्याका कारण सप्तरीबाट बिदेश गएका मध्येबाट हालसम्म १ सय २५ जनाले विदेशमै ज्यान गुमाउनु परेको छ । बैदेशिक रोजगारीका लागि यूवाहरु जाने मुलुकमै सप्तरी जिल्ला ८ औं जिल्ला पर्दछ ।
बैदेशिक रोजगार सम्बन्धी समस्या तथा चुनौती न्युनिकरणमा पहुँच हुन अभिवृद्धि हाम्रो भूमिका सम्बन्धी सुरक्षित आप्रवासन सामी परियोजनाले बिहीबार राजविराजमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिइएको हो ।
सामी हेल्भिटाटका जिल्ला परियोजना संयोजक देव नारायण चौधरीले जिल्लाबाट बैदेशिक रोजगारीमा जानेहरुको अवस्था बारे प्रस्तुत तथ्याङ्क प्रस्तुत गर्दै उक्त संख्यामा ज्यान गुमाएको जानकारी दिनुभयो ।
उहाँले जिल्लाबाट करिब ९० हजार बैदेशिक रोजगारीका लागि गएको मध्येबाट आब. २०६७÷०६८ देखी २०७२÷७३ सम्ममा जिल्लाबाट सबै भन्दा बढी ३१ हजार ९ सय ७१ जना मलेशिया बैदेशिक रोजगारीका लागि पुगेको जानकारी दिनुभयो । बैदेशिक रोजगारीमा जानेहरु मध्येबाट एसएलसी वा सो भन्दा कम पढेलेखेका २० देखी ४५ उमेर समूहका व्यक्तिहरु रहेको संयोजक चौधरीले बताउनुभयो ।
त्यस्तै सामी परियोजना अन्तरगत सप्तरी सामुदायिक विकास केन्द्र नेपालले चलाउँदै आएको सूचना परामर्श केन्द्रका कार्यक्रमका संयोजक रामप्रमेश मण्डलले तीन वर्षको अवधीमा बैदेशिक रोजगारीका लागि जिल्लाबाट ७५ जनाले निशुल्क सीप सिकेर गएको तथा १२ हजार ३ सय १२ जनाले निशुल्क सूचना तथा परामर्श लिएको जानकारी दिनुभयो ।
त्यस्तै सोही परियोजना अन्तरगत सबल नेपालले संचालन गर्दै आएको विद्यालय तथा आम संचार कार्यक्रम संयोजक चन्दन यादवले जिल्लाको साविकको ८ गाविस र दुई नगरपालिकाका तीन सय विद्यालयहरुमा बैदेशिक रोजगारी सम्बन्धी जनचेतनामूलक कक्षा संचालन आइरहेको जानकारी दिनुभयो ।
सोही कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कट्वालले अहिले जिल्ला प्रशासन कार्यालय सप्तरी र इलाका प्रशासन कार्यालय कंचनपुर सप्तरीबाट राहदानी लिनेहरुले अनिवार्य रुपमा सूचना तथा परामर्श केन्द्रबाट आवश्यक सूचना लिएर मात्र राहदानी उपलब्ध गराउने व्यवस्था मिलाएको जानकारी दिनुभयो । उहाँले कुनै सीप वा जानकारी नलिएर विदेश गएर दुःख पाउनुको साटो स्वदेशमै कुनै सीप अथवा जानकारी लिएर गएमा युवाहरुले दुःख नपाउने विश्वास व्यक्त गर्नुभयो ।
सप्तरी सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष शम्भुनन्द चौधरीको अध्यक्षतामा आयोजित अन्तरक्रियामा प्रजिअ कट्वालसहित जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत नवराज खडका, विभिन्न राजर्नैतिक दलहका प्रमुख तथा प्रतिनिधी, संचारकर्मी लगायतको सहभागिता रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/02 अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला
- 2082/02/02 न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
- 2082/02/01 राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
- 2082/02/01 नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
- 2082/02/01 दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह
- 2082/02/01 डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर
- 2082/02/01 ट्याक्टर पल्टिदा चालकको मृत्यु
- 2082/02/01 एक महिलासहित पाँच जना फरार प्रतिवादी पक्राउ
- 2082/01/30 रोकिएनन् लेखापढीहरुको अनाधिकृत रकम असुली, “दुई हजार पाँचसय देखी पाँच हजार रुँपैया” सम्म लिदै
- 2082/01/30 आमा र भाइले आफुलाई बदनाम गर्न खोजेको जेठो छोराको गुनासो
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ