News Category 2074/02/28
संशोधन बिना चुनाव हु“दैन ः राजपा
राजविराज÷राष्ट्रिय प्रजातन्त्र पार्टी (राजपा) का अध्यक्ष मण्डलका अध्यक्षहरुले संविधान संशोधन बिना मधेसमा स्थानीय तहको दोश्रो चरणको निर्वाचन हुन नसक्ने बताएका छन् ।
प्रेस मञ्च सप्तरीले राजविराजमा शनिवार आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेताहरुले सो बुरा बताएका हुन् ।
जनसंख्याको आधारमा स्थानीय तहको पुर्नगठन हुनुपर्ने, मधेस आन्दोलनको क्रममा राज्यद्वारा आन्दोलनकारीहरुमाथि लगाईएको झुठा मुद्दा खारेज हुनुपर्ने, मृतक आन्दोलनकारीहरुलाई शहीद घोषणा गर्नुपर्नेसहितको माँग अझ पुरा नभएको भन्दै आयोजित पत्रकार सम्मेलनमा राजपा नेता राजेन्द्र महतोले सरकारले माँग पुरा गर्न बेइमानी गरेको आरोप लगाउनुभयो ।
उहाँले सरकारमाथि विश्वास गर्न सक्ने अवस्था नरहेको बताउूदै अब संविधान संशोधन काूग्रेस–माओवादीले पनि नगर्ने भएपछि अब आन्दोलनको तयारीमा लागेको स्पष्ट पार्नुभयो । उहाँले संविधान संशोधन बिना मधेसको माग पूरा नहुने भएपछि मधेसमा चुनाव पनि हुने अवस्था नरहेको जिकिर गर्नुभयो ।
एक अर्को प्रसङ्गमा काठमाडौंका मिडियाहरुले मधेसमा चुनाव माहौल बनेको भनि भ्रामक समाचार लेखिरहेको प्रति आपत्ति जनाउनुभयो । महतोले संविधान संशोधन पछि मात्रै चुनाव हुनुपर्ने मधेसी जनताको भनाई रहेकोहुँदा कुनै एउटा मधेसवादी दल चुनावमा जाूदैमा चुनावको माहौल मधेसमा बनेको भनाईप्रति नलाग्न आग्रह समेत गर्नुभयो ।
राजपाका अर्का नेता राजकिशोर यादवले आफूहरु चुनाव विरोधी नभएको बताउूदै चुनावकालागि संविधान संशोधन हुनु आवश्यक रहेको बताउनुभयो । उहाँले राजपा एउटा पार्टी नभई मुलुकको एउटा पक्ष बनिसकेकोले मुलुकका एउटा पक्षलाई बाहिर राखेर कुनै पनि हालतमा चुनाव गराउनु दिवास्वप्न मात्र हो भन्नुभयो ।
संविधान पुर्नलेख्न नभई संशोधनको मात्रै हाम्रो माग रहेको अवस्थामा पुर्नलेख्नको माग गर्ने संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव मधेसी जनताको रगत नसुक्दै चुनावमा जाने निर्णयले मधेसी जनतामाथि ठूलो धोकेबाजी भएको राजपाका दुवै नेताको दाबी थियो ।
यसअघि शुक्रबार राजविराजमा आयोजित बिरोध सभामा राजपाका नेताद्वय राजेन्द्र महतो र राजकिशोर यादवले माग पूरा नभएसम्म कुनै पनि हालतमा निर्वाचनमा नजाने बताइसक्नु भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ