News Category 2074/02/30
बन्दको पूर्व सन्ध्यामा मसाल जुलुस प्रदर्शन जुलुसमा बालकसहित आमा पनि देखिए
दैनिक समाचारदाता
राजविराज, २९ जेठ ।
संविधान संशोधन, जनसंख्याको आधारमा निर्वाचन क्षेत्रलगायतको माँग राख्दै पुनः आन्दोलनमा उत्रेका राष्ट्रिय जनता पार्टी नेपालको पूर्व घोषित कार्यक्रम अनुसार बन्दको पूर्व सन्ध्यामा सोमबार सप्तरी सदरमुकाम राजविराजसहित जिल्लाभरि मसाल जुलुस निकालिएको छ ।
यसअघि सरकार र राजपा नेपालबीच आइतबार सम्पन्न बैठक बिना निष्कर्ष टुङ्गिएपछि निर्वाचनमा सहभागि नहुने भन्दै राजपाले जेठ ३०, ३१ र असार १ र २ गते थरुहट, मधेस र लिम्बुवान बन्द गर्ने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
राजपाका केन्द्रिय नेताहरुको सहभागितामा स्थानिय शिव मन्दिरको प्राङणबाट निकालिएको मसाल जुलुसले राजविराज नगरको परिक्रममा पश्चात् जनआन्दोलन चौकमा बिरोध सभामा परिणत भएको छ । सो मसाल जुलुसमा एक महिलाले आफ्नो दुधे बालकलाई समेत लिएर सहभागिता जनाएकी छिन् ।
बिरोध सभामा वक्ताहरुले पटक पटक राज्य पक्षले मधेशीको माँगलाई लत्याउँदै गर्न लागेको दोश्रो चरणको स्थानिय तहको निर्वाचनमा सहभागि नभई अवरोध समेत गर्ने स्पष्ट पारेका छन् ।
सो सभामा राजपा नेपालका केन्द्रिय नेता मनिषकुमार सुमन, मृगेन्द्र कुमार सिंह यादव, गजेन्द्र कुमार मण्डल, जयप्रकाश ठाकुर, साधना झा, दिपेन्द्र चौधरी लगायतका नेताहरुले बोल्नु भएको थियो ।
यता राजपाले घोषणा गरेको आन्दोलनका कार्यक्रमहरुमा जेठ ३० र ३१ गते गाउँपालिका नगरपालिकाहरुमा चुनावको विरोधमा माइकिङ गर्ने, असार १ गते विभिन्न चोक र चौराहामा खबरदारी सभाका साथै शहीदहरुको तस्वीरमा माल्यार्पण गर्ने रहेको छ ।
त्यस्तै असार २ गते गाउँपालिका नगरपालिकाहरुमा निर्वाचन केन्द्रको कार्यालयमा तालाबन्दी गर्ने र लाठी जुलुस निकाल्ने रहेको छ । स्मरण रहोस् असार २ गते उम्मेदवारी दर्ता गर्ने मिति हो ।
यस्तै असार ३ र ४ गते शहीदहरुको तस्वीर प्रदर्शन गर्ने, असार ५ गते जिल्ला सदरमुकाममा लाठी जुलुस प्रदर्शन गर्ने, ५ गते जिल्ला सदरमुकाममा लाठी जुलुस प्रदर्शन गर्ने कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
असार ६ गतेदेखि १४ गतेसम्म निर्वाचनसम्बन्धी कार्याक्रमहरुमा अवरोध पु¥याउने कार्यक्रम रहेको छ भने असार ८ गते जिल्ला सदरमुकामहरुमा मोटरसाइकल ¥याली निकाल्ने, असार ९ गते सदरमुकाममा मजाल जुलुस तथा १० गतेदेखि अनिश्चितकालीन आम हडताल गर्ने निर्णयहरु सार्वजनिक गरिसकेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ