News Category 2074/03/01
फोरम अध्यक्ष यादव एमाले अध्यक्ष ओलीको नयाँ अवतार ः राजपा नेता महतो
दैनिक समाचारदाता
बिरगंज, ३१ जेठ ।
राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव एमाले अध्यक्ष केपी ओलीको नयाँ अवतारको रुपमा प्रकट भएको आरोप लगाउनु भएको छ ।
वीरगंजको घण्टाघर चोकमा बुधबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता महतोले हिजोको आन्दोलन पारीको भएको भन्ने केपी ओलीको भनाई र आजको आन्दोलनमा पारीको सहभागिता देख्ने उपेन्द्र यादवको कुराले ओलीको नयाँ अवतार यादव भएको भन्दै आलोचना गर्नुभयो ।
नेता महतोले जनसंख्याको आधारमा गाउँपालिका, नगरपालिकाको घोषणा, मधेश आन्दोलनमा लागेका झुठा मुद्दा फिर्ता, शहिद घोषणा, घाइतेको उपचार र क्षतिपूर्ति लगायतका माग पुरा भए आफूहरु निर्वाचनमा जान तयार रहेको उहाँको भनाई छ ।
मधेशलाई शोषण गर्ने बेलामा कांग्रेस, माओवादी, एमाले एक भएको र अहिले अधिकार दिने बेलामा विभाजनको नाटक गरिरहेको आरोप लगाउनुभयो । उहाँले माग पुरा नहुदासम्म आन्दोलन कुनै हालतमा फिर्ता नहुने दावी समेत गर्नुभयो ।
सरकारले बल प्रयोग गरेर निर्वाचन गरे अनर्थ हुने चेतावनी दिदै नेता महतोले निर्वाचनको नाममा उपेन्द्र यादव र विजय गच्छेदारले मधेशलाई आगोमा धकेल्न खोजेको आरोप लगाउनुभयो ।
उहाँले समस्या समाधान गरेर निर्वाचन गराए मात्रै देश बच्ने बताउदै २०७४ माघ ७ गते भित्र तीनै तहको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयन गर्ने सरकारले असार १४ को निर्वाचन सार्दैमा संविधान कार्यान्वयनमा कुनै फरक नपर्ने धारणा राख्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ