News Category 2074/03/01
फोटो नखिच्न सेनाद्वारा उर्दी
दैनिक समाचारदाता
राजविराज, ३१ जेठ ।
असार १४ गते हुने भनिएको स्थानिय तहको निर्वाचनको क्रममा सप्तरीमा अहिले सेना सडकमा देखिन थालेको छ ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीले बुधबार राजविराजमा सुरु गर्न लागेको सहायक मतदान अधिकृतको तालिम बिथोलेपछि सो स्थानमा नेपाली सेनाको टोली पुगेको थियो ।
यता फोटो खिच्न थालेपछि स्थानीय सञ्चारकर्मीहरुलाई फोटो नखिच्न सेनाले रोक लगाएको छ ।
राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा रहेको तालिम स्थल जाँदै गरेको सहायक मतदान अधिकृतहरुलाई नियन्त्रणमा लिँदै राजपाका नेताहरुले धर्नाका बसाएपछि दर्जनौंको संख्यामा सेना सो स्थानमा देखिएको थियो । फोटो खिच्दै गरेका पत्रकारहरुलाई ड्युटीमा आएका सेनाले फोटो नखिच्न भनेको थियो ।
सञ्चारकर्मीहरुले सार्वजनिकस्थलमा सुरक्षाकर्मीको फोटो लिन पाउनु आफूहरुको पेसागत कार्य भएकोले फोटो खिच्न रोक लगाउनु प्रेस स्वतन्त्रताविपरीत रहेको संचारकर्मीहरुले प्रतिवाद समेत गरेका थिए ।
यसअघि पनि निर्वाचन सम्बन्धी सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रमका क्रममा राजपाले प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवलाई कालो झण्डा देखाउने समयमा पनि सेना सो स्थानमा देखिएको थियो । त्यस समयमा पनि सेनाले फोटो नखिच्ने भनेको थियो ।
यसैबीच नेपाल पत्रकार महासंघ सप्तरीले सञ्चारकर्मीहरुलाई पटक पटक फोटो खिच्न रोक लगाउने नेपाली सेनाको कार्यप्रति आपत्ति जनाएको छ । नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खडगाले सार्वजनिकस्थलमा सूचना संकलनका क्रममा फोटो खिच्न पाउनु पत्रकारको पेसागत अधिकार भएको र त्यसमा रोक लगाउने कार्य प्रेस स्वतन्त्रता र लोकतन्त्रमाथिकै प्रहार भएको बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ