News Category 2070/08/02
चार उम्मेदवार र एक चिकित्सकद्वारा लिखित स्पष्टीकरण पेश
राजविराज÷निर्वाचन आयोगले लिखित स्पष्टीकरण सोधे बमोजिम बिभिन्न दलका चार जना उम्मेदवार र एक जना चिकित्सकले जिल्ला निर्वाचन कार्यालय सप्तरीमा लिखित स्पष्टीकरण पेश गरेका छन् ।
लिखित स्पष्टीकरण पेश गर्नेहरुमा सद्भावना पार्टी सप्तरी क्षेत्र नम्बर २ का उम्मेदवार नवलकिशोर साह, सोही क्षेत्रका मधेशी जनअधिकार फोरम नेपालका उम्मेदवार चन्द्र नारायण यादव, तराई मधेश लोकतान्त्रिक पार्टी सप्तरी क्षेत्र नम्बर ३ का उम्मेदवार जयप्रकाश ठाकुर, नेकपा एमाले क्षेत्र नम्बर ५ का उम्मेदवार गोबिन्द न्यौपाने र चिकित्सक सुर्यनारायण यादव रहनु भएको छ ।
चिकित्सक यादव मधेशी जनअधिकार फोरम नेपालका क्षेत्र नम्बर २ का उम्मेदवार चन्द्र नारायणको दाजु हुन् । फुटवल खेलको उदघाटन गरेको गरेको भन्दै सद्भावना पार्टीका उम्मेदवार साहसँग र मतदाताहरुलाई औषधी बितरण गरी मत मागेको भन्दै फोरम नेपालका उम्मेदवार यादवसँग निर्वाचन आयोगले लिखित स्पष्टीकरण सोधेको थियो । यस्तै आफ्ना भाईलाई जिताउन शिबिर सञ्चालन गरेको र औषधी बितरण गरेको भन्दै चिकित्सक यादवलाई लिखित स्पष्टीकरण पेश गर्न भनेको थियो ।
त्यस्तै मतदाताहरुलाई खाधन्न, रकम र लुगा बितरण गरेको भन्दै तमलोपाका उम्मेदवार ठाकुरसँग र कल्याणपुर गाविसस्थित भसराज उच्च माविको प्राङगणमा चुनावीसभा गरेको भन्दै न्यौपानेसँग आयोगले लिखित स्पष्टीकरण मागेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ