News Category 2070/08/02
चार उम्मेदवार र एक चिकित्सकद्वारा लिखित स्पष्टीकरण पेश
राजविराज÷निर्वाचन आयोगले लिखित स्पष्टीकरण सोधे बमोजिम बिभिन्न दलका चार जना उम्मेदवार र एक जना चिकित्सकले जिल्ला निर्वाचन कार्यालय सप्तरीमा लिखित स्पष्टीकरण पेश गरेका छन् ।
लिखित स्पष्टीकरण पेश गर्नेहरुमा सद्भावना पार्टी सप्तरी क्षेत्र नम्बर २ का उम्मेदवार नवलकिशोर साह, सोही क्षेत्रका मधेशी जनअधिकार फोरम नेपालका उम्मेदवार चन्द्र नारायण यादव, तराई मधेश लोकतान्त्रिक पार्टी सप्तरी क्षेत्र नम्बर ३ का उम्मेदवार जयप्रकाश ठाकुर, नेकपा एमाले क्षेत्र नम्बर ५ का उम्मेदवार गोबिन्द न्यौपाने र चिकित्सक सुर्यनारायण यादव रहनु भएको छ ।
चिकित्सक यादव मधेशी जनअधिकार फोरम नेपालका क्षेत्र नम्बर २ का उम्मेदवार चन्द्र नारायणको दाजु हुन् । फुटवल खेलको उदघाटन गरेको गरेको भन्दै सद्भावना पार्टीका उम्मेदवार साहसँग र मतदाताहरुलाई औषधी बितरण गरी मत मागेको भन्दै फोरम नेपालका उम्मेदवार यादवसँग निर्वाचन आयोगले लिखित स्पष्टीकरण सोधेको थियो । यस्तै आफ्ना भाईलाई जिताउन शिबिर सञ्चालन गरेको र औषधी बितरण गरेको भन्दै चिकित्सक यादवलाई लिखित स्पष्टीकरण पेश गर्न भनेको थियो ।
त्यस्तै मतदाताहरुलाई खाधन्न, रकम र लुगा बितरण गरेको भन्दै तमलोपाका उम्मेदवार ठाकुरसँग र कल्याणपुर गाविसस्थित भसराज उच्च माविको प्राङगणमा चुनावीसभा गरेको भन्दै न्यौपानेसँग आयोगले लिखित स्पष्टीकरण मागेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ