News Category 2074/03/01
१३ प्रतिशतबाट ८५ प्रतिशतभन्दा बढीसम्म शौचालय बिस्तार गरिएको दाबी
दैनिक समाचारदाता
राजविराज, ३१ जेठ ।
१८ औ सरसफाइ सप्ताहको समापनको अवसरमा जिल्ला स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति सप्तरीले नेपाल सरकारले सन् २०१७ सम्ममा देशलाई खुल्ला दिसा मुक्त क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य अनुसार सप्तरी जिल्लाले सन् २०१७ अगावै खुल्ला दिसामुक्त क्षेत्रको रुपमा विकास गर्ने रणनीति तयार गरेको जनाएको छ ।
समितिका सल्लाहकार सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कट्वाल, अध्यक्ष स्थानिय विकास अधिकारी सुदेव पोखरेल सदस्य तथा सचिव खानेपानी तथा सरसफाई डिभिजन प्रमुख लोकेन्द्र प्रसाद यादवद्वारा बुधबार जारि विज्ञप्तिमा सो जनाइएको छ ।
जारि विज्ञप्तिमा गुरु योजनाको मुलमर्म अनुसार सम्बन्धित स्तरमा सरकारको नेतृत्व तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्था एवं निकायसँगको साझेदारीमा सघन रुपमा कार्यहरु भइरहेको जनाइएको छ ।
जेष्ठ २२ देखी २८ सम्म १८ औं सररसफाइ सप्ताहलाई सप्तरीले विशेष प्रथामिकताका साथ मनाएकोे विज्ञप्तिमा जनाउँदै सरसफाइ सप्ताहको समापनका अवसरमा बोदेबर्साइन नगरपालिका वडा नम्बर ४ खडगपुरलाई खुल्ला दिसामुक्त क्षेत्रका रुपमा घोषणा भएको उल्लेख छ ।
सन् २०१४ देखी सघन रुपमा सञ्चालित अभियानबाट १३ प्रतिशतको हाराहारीसँग भएको सुरक्षित शौचालयलाई ८५ प्रतिशतभन्दा बढीसम्म बिस्तार गर्दै साविकका ४७ गाविस तथा एक नगरपालिकालाई खुल्ला दिसामुक्त क्षेत्रको रुपमा विकास गर्न सफल भएको उल्लेख छ ।
सो अवसरमा सबै तहका सरकारी निकाय, पत्रकार, आम सञ्चार, सुरक्षा निकाय, आम राजनैतिक दल, पदाधिकारी, सामाजिक अगुवाहरु, महिला स्वस्थ्य स्वमसेविका, वार्ड नागरिक मञ्च तथा आम घरधुरीको भुमिकाको प्रशंसा गर्दै धन्यबाद ज्ञापन गरिएको छ ।
साथै अभियान सफल बनाउन अहोरात्र मेहनत तथा सहयोग गर्नुहुने युनिसेफ, युएन ह्याबिट्याट, एसएनभी, फण्ड बोर्डलगायतका दातृ निकाय तथा साझेदार संस्थाहरु वेल, पिआरडीसी, सबल, माहुली सामुदायिक विकास केन्द्र, सप्तरी सामुदायिक विकास केन्द्र, कोशी पीडित समाज, मानवअधिकार तथा सामुदायिक विकास केन्द्र, सेभ द सप्तरी लगायतका संघ संस्था र त्यसमा आवद्ध कर्मचारी, लगायत सरोकारवाला जसले शौचलय बनाउन सहयोग र वातावरण तयार गर्नु तथा बनाउने कार्यमा संलग्न भएका सबैलाई हार्दिक धन्यबाद दिदै प्रशंसा गरिएको छ ।
अन्तमा शौचालय निर्माण बाँकी घरधुरीले यथासक्य चाँडो शौचालय बानाउन, शौचालयको नियमित प्रयोग तथा असल बानी ब्यबहारको विकास गर्न सधै साबुन पानीले हातधुने तथा स्वस्थप्रद चर्पी प्रयोग गर्ने असल बानी ब्यबहार प्रबद्र्धन गर्न, शौचालय निर्माणका लागि सम्पूर्ण सरोकारवलाहरुले आफ्नो तर्फबाट सक्दो सहयोग गर्न, सहजीकरण गरि संघ संस्था तथा निकायहरुलाई जिल्लाको लक्ष्य पुरा गर्न सहयोग हुने गरी उच्च मनोवलका साथ आफ्नो कार्य योजना निर्माण गरी सहजीकरण गरेका, आफ्नो तहमा वडा, गाँउपालिका, नगरपालिकालाई खुल्ला दिसा मुक्तक्षेत्र घोषणा गर्न र खुल्ला दिसामुक्त भएका क्षेत्रमा सफा र स्वच्छ क्षेत्रको रुपमाविकास गर्न अनुरोध समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ