News Category 2074/03/02
चुनाव सार्दैमा आन्दोलनलाई कुनै फरक नपर्ने ः राजपा महासचिव सुमन
दैनिक समाचारदाता
राजविराज, १ असार ।
सरकारले प्रदेश नं. २ को चुनाव असोज २ गतेका लागि सारेकोमा राजपा नेपालका महासचिव मनिष कुमार सुमनले सरकारको उक्त निर्णयले आन्दोलनलाई कुनै फरक नपर्ने बताउनुभएको छ ।
राजविराज दैनिकसँग कुराकानी गर्दै महासचिव सुमनले जारि आन्दोलन मधेशी, आदिवासी, जनजाती, पछाडी पारिएका, सिमांनकृत वर्गको हकअधिकार सुनिश्चितका लागि भएको बताउनुभयो ।
संविधान संशोधन, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, आन्दोलनमा मारिएकाहरुलाई सहिद घोषणा, घाइतेहरुलाई क्षतिपूर्ती र झुठा मुद्दा लगाएर पक्राउ गरिएकाहरु रिहा भएमात्र राजपा नेपाल निर्वाचनमा सहभागि हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामी निर्वाचनको बिरोधी होइनौं, हाम्रो माँग कुनै नयाँ पनि होइन्, सरकारले बारम्बार हाम्रो माँगप्रति वेवास्ता गर्दै आएको छ, आन्दोलन हाम्रो रहर नभएर बाध्यता हो ।”
महासचिव सुमनले निर्वाचन आयोगले सार्वजनिक गर्ने नयाँ कार्यक्रम अनुसार आन्दोलनको नयाँ कार्यक्रमहरु सार्वजनिक गर्ने जानकारी दिनुभयो ।
यसअघि राजपा नेपालले निर्वाचन कार्यक्रमलाई लक्षित गर्दै गत जेठ ३० देखी चार दिने आमहड््तालको घोषणा समेत गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ