News Category 2074/03/02
२ नं. प्रदेशको चुनाव सारेर तीन वटा प्रदेशमा चुनाव गर्ने निर्णयप्रति राजपाको आपत्ति
दैनिक समाचारदाता
सर्लाही, १ असार ।
राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका नेताहरुले मधेसको माग पूरा नै नगरी २ नम्बर प्रदेशको चुनाव सार्ने र अन्य तीन प्रदेशमा चुनाव गराउने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।
राजपाद्वारा सर्लाहीमा बिहीबार आयोजित सभालाई सम्बोधन गर्दै राजपाका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतो, अनिलकुमार झा र राजकिशोर यादवले संयुक्त रुपमा मधेसको माग पूरा नभएसम्म राजपामा चुनावमा नजाने स्पष्ट पार्नुभयो ।
उहाँहरुले सरकारले प्रदेश नम्बर १, ५ र ७ मा असार ४ गते उम्मेदवारी दर्ता हुने निर्णय गरेपनि मधेस र थरुहटका जिल्लाहरुमा उम्मेदवारी दर्ताको चर्को बिरोध हुने बताउँदै देशलाई विभाजन गर्ने उद्देश्यले सरकारले गरेको निर्णय गरेकोप्रति आपत्ति जनाउनु भएको छ ।
यता नेता महतोले मधेसलाई विभाजन गर्ने उद्देश्यले सरकारले निर्णय गरेको भन्दै चुनाव गराउन परे मधेसको सम्पूर्ण जिल्लामा एकैपटक चुनाव गराउनु पर्ने बताउनुभयो ।
उहाँले सरकारको चुनाव गराउने इच्छा भए सबै प्रदेशमा एकै पटक गराओस नभए अब २ नम्बर प्रदेश मात्र आन्दोलन नभई चुनाव गराउन खोजेको प्रदेशमा सबै भन्दा ठुलो आन्दोलन हुने चेतावनी समेत दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ