News Category 2074/03/03
करिब तीन लाख मुल्य बराबरको मदिरा बरामद
दैनिक समाचारदाता
राजविराज, २ असार ।
स्थानीय निकायको निर्वाचनलाई मध्य नजर गरी स्थानीय प्रहरीले पछिल्लो पटक मदिरा विक्रि वितरणमा निकै कडा पारेको छ ।
सोही क्रममा सप्तरी प्रहरीले जिल्लाको विभिन्न स्थानबाट करीब ३ लाख मुल्य बराबरको अवैध मदिरा तथा मदिरा उत्पादन गर्ने कच्चा पदार्थ सहित एक जना मानिस र दुई वटा मोटरसाईकल बरामद गरेको छ ।
यसैक्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीले टोलीले गोप्य सुचनाको आधारमा हनुमाननगर कंकालिनी नगरपालिका १४ स्थित डलुवाबाट लुकाई छिपाई गरी अवैध रुपमा भारततर्फ लैजान भनि बोरामा प्याक गरी राखेको विभिन्न ब्राण्डका २० बोरा अन्दाजी २ लाख ५० हजार मुल्य बराबरको वेवारिसे रक्सी बरामद गरेको छ । यता बरामद गरेका मदिरालाई आवश्यक अनुसन्धानका लागि राजविराज भन्सार कार्यालय तिलाठी पठाईएको प्रहरीले जनाएको छ ।
त्यस्तै ईलाका प्रहरी कार्यालय हनुमाननगरको टोलीले हनुमाननगर कंकालिनी १४ स्थितबाट लुकाई छिपाई अवैध रुपमा भारततर्फ लैजादे गरेको दिलवाले सिलप्याक बोतल मदिरा अन्दाजी ४० हजार मुल्य बराबरको मदिरासँगै भारतको सुपौल दिगिमार ५ बस्ने ४० वर्षिय सुरेश कुमार रायलाई मोटरसाईकल सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस्तै ईलाका प्रहरी कार्यालय पातोको टोलीले पातो गाबिस साबिकको हाल डाक्नेश्वरी नगरपालिका ६ स्थित कुशाहाबाट मामा डि रक्सी ८ कार्टुन २४० बोतल अन्दाजी मुल्य ६ हजार ४ सयको तथा टिभिएस कम्पनीको ११० सिसीको मोटरसाईकल सहित पक्राउ गरेको जनाएको छ ।
त्यस्तै स्थानीय निकायको निर्वाचनलाई मध्य नजर गरी जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले एक जना मानिस सहित दुई वटा मोटरसाईकल र घरेलु मदिरा १५० लिटर, कच्च पदार्थ ८०० किलो नष्ट गरीएको छ भने ब्रान्डेड सिल्पयाक मदिरा २ लाख ९६ हजार ४ सय मुल्य बराबरको मदिरा नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि राजविराज भन्सार कार्यालय तिलाठी बुझाईएको प्रहरीले जनाएको छ ।
यसैगरी वडा प्रहरी कार्यालय राजविराजको टोलीले राजविराज नगरपालिका ६ बाट तयारी घरेलु मदिरा ४० लिटर बरामद गरी स्थानीयहरुको रोहवरमा नष्ट गरिएको छ । त्यस्तै ईलाका प्रहरी कार्यालय भारदहले हनुमाननगर हनुमाननगर कंकालिनी १ का घरेलु मदिरा ७५ लिटर, जिल्ला प्रहरी कार्यालयको टोलीले राजविराज नगरपालिका ३ बाट २५ लिटर तयारी मदिरा, मदिरा उत्पादन गर्ने कच्चा पदार्थ ५०० किलो बरामद गरी नष्ट गरीएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ