News Category 2074/03/05
बन्दकर्ताले सरकारी मोटरसाइकल जलाए
दैनिक समचारदाता
राजविराज, ४ असार ।
बन्दकर्ताहरुले आइतबार दिउँसो राजविराजमा एक सरकारी नम्बर प्लेटको डिस्कोभर मोटरसाइकल जलाइ दिएका छन् ।
बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले राजविराजस्थित गजेन्द्र चौकमा स १ ब ५२९ नम्बरको मोटरसाइकल जलाएका हुन् । सो मोटरसाइकल जिल्लाको साविकको कविलासा गाविस सचिवको रहेको श्रोतले जनाएको छ ।
अति व्यस्त सो स्थानमा बन्दकर्ताहरुले मोटरसाइकल जलाउँदा प्रहरी मुकदर्शक बनेको थियो । सोही स्थानमा रहेको राष्ट्रिय बाणिज्य बैंकको सुरक्षाका लागि २४ औं घटना प्रहरी तैनाथ रहेको हुन्छ ।
संविधान संशोधन, जनसंख्याको आधार निर्वाचन क्षेत्र लगायतका माँगहरु सम्बोधन भए मात्र निर्वाचनमा सहभागि हुने भन्दै निर्वाचनको बिरोध तथा पक्राउ परेका राजपा नेताहरुको रिहाईका माँग गर्दै सप्तरी लगायत निर्वाचन कार्यक्रम सुरु भएको जिल्लाहरु राजपा नेपालले आमहड्तालको आह्वान गरेको छ ।
बन्दका कारण आइतबार यहाँका विद्यालयहरु खुल्न सकेन भने लामो तथा छोटो दुरीका यातायातका साधनहरु चलेन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ