News Category 2070/02/21
प्रधानमन्त्री कार्यालयको टोली समक्ष गुनासैगुनासो
दैनिक संवाददाता
राजविराज, २० जेठ ।
सप्तरी जिल्लाबाट प्रदान हुने सेवा सुबिधा र सरकारी कार्यालयहरुको गतिबिधी बारे अनुगमन गर्न सप्तरी आईपुगेको उच्चस्तरीय टोलीले सोमबार जिल्लास्थित सरोकारबालाहरुसँग छलफल गरेको छ ।
प्रधानमन्त्रीमन्त्री तथा मन्त्रीपरिषद्का सचिव सुर्य सिलवालको नेतृत्वमा आएको उच्चस्तरीय टोलीले सरकारी कार्यालयहरुको अनुगमन गरी सरोकारबालाहरुसँग छलफल गरेको हो ।
उच्चस्तरीय टोलीद्वारा जिविससभाहलमा आयोजित छलफल कार्यक्रममा सरोकारबालाहरुले जिल्लाबाट प्रदान हुने सेवा सुबिधाहरु सर्वसधारणहरुले पाउन नसकिरहेको र बिभिन्न सरकारी कार्यालयहरुमा आर्थिक अनियमितता बढेको गुनासो पोख्दै आर्थिक अनियमितता गर्नेमाथि कार्वाही नभएको दुखेसो सुनाएका छन् ।
जिल्ला विकास समितिमा कर्मचारीहरुले लिएको पेश्की लामो समयसम्म फछ्र्याैट नभएको गाविस सचिवहरुले समाजिक सुरक्षा भत्ता बितरण नगरी व्यक्तिगत रुपमा खर्च गरेको सरोकारबालाहरुले गुनासो पोखेका थिए ।
प्रभावकारी अनुगमनको अभाव, ढिलासुस्ती, जिम्मेवार कर्मचारीले पीसी लिने गरेको तथा विकासीय बजेटबाट राजनीतिक दलका नेताहरुले भागवण्डा खोज्ने गरेको छलफलका सहभागीहरुले टोली समक्ष गुनासो गरे । अनियमितता, काममा व्यापक ढिलासुस्ती तथा कमिशनको कारोबारमा संलग्न व्यक्तिलाई कार्वाही नभएको उनीहरुको भनाई थियो ।
कार्यक्रममा स्थानीय विकास अधिकारी कृष्णप्रसाद सापकोटाले जिल्लामा अपेक्षाकृत विकास हुन नसकेको बताउँदै सप्तरी जिल्लालाई दरिद्र मानसिकताको संज्ञा दिनुभयो । ‘धेरै ठाउँमा काम ग¥यौं, यहाँको जस्तो दरिद्र मानसिकता कतै हेरिनँ’ उहाँले भन्नुभयो, ‘दरिद्र मानसिकताकै कारण विकासमा समस्या उत्पन्न भएको छ ।’’
उपभोक्ता समिति गठनमा राजनीतिक दलका नेताहरुले हिस्सा खोज्ने गरेको, पार्टी चलाउन बराबर पैसा माग्ने गरेको सार्वजनिक रुपमै सापकोटाले भन्नुभयो । कहिले पनि कार्यालयमा नबसेका सापकोटाले आर्थिक बर्षको अन्त्यमा बस्ने इच्छा जनाएपनि नेताहरुकै कारण बस्न सक्ने वातावरण नभएको आरोप समेत लगाउनुभयो ।
सरोकारबालाहरुको गुनासो सुनेपछि कार्यक्रमममा संक्षिप्त मनत्व ब्यक्त गर्दै प्रधानमन्त्री तथा मन्त्री परिषद्का सचिव सुर्य सिलवालले सरोरकारबालाहरुको गुनासो प्रति आफु गम्भीर रहेको बताउँदै यसको कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशन दिने बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ