News Category 2070/03/01
पिताले रु. १० हजार दिएर छोरीलाई मार्न लगाएको खुलासा
दैनिक संवाददाता
राजविराज, ३१ जेठ ।
जेठ ८ गते सप्तरीको बथनाहा गाविस वडा नंं ८ का चन्द्र राउतले रु. १० हजार नगद दिएर आफ्नै छोरीको हत्या गराएको खुलासा भएको छ ।
छोरीले प्रेम गरेकै कारण पिता राउते आफ्नो बदनामी भएको भन्दै छोरीको हत्या गर्न सप्तरीको को. बर्साइन गाविस निवासी मोहन साहलाई सो रकम दिएको प्रहरी समक्ष बयान दिएका छन् ।
राउतकी १६ वर्षिया छोरी रुबी कुमारी राउत बथनाहा ८ कै १७ वर्षिय अरुण कुमार साहसँग लामो समयदेखी प्रेम गर्दै आएकी थिइन् । दुबै जनाको प्रेमलाई परिवारजनले अस्विकार गरेपछि उनीहरु २०६९ साल चैत्र ३ गते भारतको दिल्ली भागेका थिए । गाउँलेहरुले दुबैका परिवारबीच छलफल गराएर केटापक्षले केटीपक्षलाई रु. ५० हजार नगद तिर्ने तथा पुनः केटी केटासँग कुराकानी गरेमा केटी पक्षले केटा पक्षलाई रु. १ लाख दिने निणर्य गाउँ समाजमा गरिएको थियो ।
उक्त निर्णय पश्चात् भागेका दुबैजनालाई गाउँलेहरुले २०७० जेठ ७ गते ल्याएर आ–आफ्नो परिवारजनको जिम्मा लगाएका थिए । छोरी जिम्मा पाए लगत्तै राउतले रम्पुरा गाविस घर भएका एक जना आफन्तको घरमा राखेका थिए ।
सोही दिन पिता चन्द्र राउतले कोइलाडी गाविसका मोहन साहलाई भेटेर रु. १० हजार नगद तथा छोरी दिएर घर पु¥याउने जिम्मा दिएका थिए । गोप्य रुपमा हत्या योजना बनाएको चन्द्रको इसारामा मोहनले रुबीको हत्या गरेका थिए । रुबीको शव जेठ ८ गते बिहान ८ः३० बजे कोइलाडी गाविस ८ स्थित बच्चा साहको खाली खेतमा जलेको अवस्थामा भेटिएको थियो ।
जिल्ला प्रहरी प्रमुख संजयसिंह बस्नेतले जेठ १६ गते शवको पहिचान भएपछि लामो अनुसन्धान पश्चात् मृतकको पहिचान र सम्पूर्ण रहस्य खुलेको जानकारी दिनुभयो । मृतकका पिताले रकम दिएर छोरीको हत्या गर्न लगाएको बयान प्रहरी समक्ष दिएका छन् ।
छोरीको हत्या गराएको भन्दै जिल्ला प्रहरी कार्यालय सप्तरीले मृतकका पीता चन्द्र तथा हत्यामा संलग्न मोहन साहलाई नियन्त्रणमा लिएको छ । घट्नाको थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख बस्नेतले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ