News Category 2070/03/01
पिताले रु. १० हजार दिएर छोरीलाई मार्न लगाएको खुलासा
दैनिक संवाददाता
राजविराज, ३१ जेठ ।
जेठ ८ गते सप्तरीको बथनाहा गाविस वडा नंं ८ का चन्द्र राउतले रु. १० हजार नगद दिएर आफ्नै छोरीको हत्या गराएको खुलासा भएको छ ।
छोरीले प्रेम गरेकै कारण पिता राउते आफ्नो बदनामी भएको भन्दै छोरीको हत्या गर्न सप्तरीको को. बर्साइन गाविस निवासी मोहन साहलाई सो रकम दिएको प्रहरी समक्ष बयान दिएका छन् ।
राउतकी १६ वर्षिया छोरी रुबी कुमारी राउत बथनाहा ८ कै १७ वर्षिय अरुण कुमार साहसँग लामो समयदेखी प्रेम गर्दै आएकी थिइन् । दुबै जनाको प्रेमलाई परिवारजनले अस्विकार गरेपछि उनीहरु २०६९ साल चैत्र ३ गते भारतको दिल्ली भागेका थिए । गाउँलेहरुले दुबैका परिवारबीच छलफल गराएर केटापक्षले केटीपक्षलाई रु. ५० हजार नगद तिर्ने तथा पुनः केटी केटासँग कुराकानी गरेमा केटी पक्षले केटा पक्षलाई रु. १ लाख दिने निणर्य गाउँ समाजमा गरिएको थियो ।
उक्त निर्णय पश्चात् भागेका दुबैजनालाई गाउँलेहरुले २०७० जेठ ७ गते ल्याएर आ–आफ्नो परिवारजनको जिम्मा लगाएका थिए । छोरी जिम्मा पाए लगत्तै राउतले रम्पुरा गाविस घर भएका एक जना आफन्तको घरमा राखेका थिए ।
सोही दिन पिता चन्द्र राउतले कोइलाडी गाविसका मोहन साहलाई भेटेर रु. १० हजार नगद तथा छोरी दिएर घर पु¥याउने जिम्मा दिएका थिए । गोप्य रुपमा हत्या योजना बनाएको चन्द्रको इसारामा मोहनले रुबीको हत्या गरेका थिए । रुबीको शव जेठ ८ गते बिहान ८ः३० बजे कोइलाडी गाविस ८ स्थित बच्चा साहको खाली खेतमा जलेको अवस्थामा भेटिएको थियो ।
जिल्ला प्रहरी प्रमुख संजयसिंह बस्नेतले जेठ १६ गते शवको पहिचान भएपछि लामो अनुसन्धान पश्चात् मृतकको पहिचान र सम्पूर्ण रहस्य खुलेको जानकारी दिनुभयो । मृतकका पिताले रकम दिएर छोरीको हत्या गर्न लगाएको बयान प्रहरी समक्ष दिएका छन् ।
छोरीको हत्या गराएको भन्दै जिल्ला प्रहरी कार्यालय सप्तरीले मृतकका पीता चन्द्र तथा हत्यामा संलग्न मोहन साहलाई नियन्त्रणमा लिएको छ । घट्नाको थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख बस्नेतले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ