News Category 2074/03/06
फोरम अध्यक्ष यादवद्वारा राजपा नेतालाई आरोप पुष्टि गर्न चुनौती
दैनिक समाचारदाता
काठमाडौं, ५ असार ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पैसा लिएर चुनावमा गएको भन्दै आफूविरुद्ध लगाएको आरोप पुष्टि गर्न राजपा नेतालाई चुनौती दिनु भएको छ ।
फोरम नेपालका अध्यक्ष यादवले भन्नुभयो, ‘जसले यस्तो घटिया आरोप लगाएको छ, उसले आरोप पुष्टि गर्न तत्काल प्रमाण पेस गरोस् प्रमाण दिन सक्दैन भने मधेशी जनतासँग सार्वजनिक रुपमा माफी मागोस् ।”
राजपाको राजनीति दिशाहीन र औचित्यहीन भइसकेको भन्दै उहाँले दिग्भ्रमित राजपा नेताहरुले घटिया अभिव्यक्ति दिन थालेको टिप्पणी गर्दै राजपा आफै बाहिरबाट परिचालित पार्टी भएको आरोप समेत लगाउनुभयो ।
राजपा नेताहरुसँग राजनीतिक एजेन्डा नै नभएको भन्दै उहाँले अरुको चरित्र हत्या गर्ने, निराधार भ्रम सिर्जना गर्ने र बदनियतपूर्ण आरोप लगाउने जस्ता घटिया कार्यमा उत्रेको बताउनुभयो । उहाँले भन्नुभयो, “राजपाको यस्तो तल्लोस्तरको गैरजिम्मेबार हर्कत मधेशका लागि घातक छ ।”
यसअघि राजपा नेपालका नेताले मनिष कुमार सुमनले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवमाथि सरकारबाट पैसा लिएर चुनावमा सहभागी भएको आरोप लगाउनु भएको छ ।
नेता मनिष सुमनले यादवमाथि सरकारसँग मोटो रकम बुझेर चुनावमा भाग लिएको आरोप लगाएपछि अध्यक्ष यादवले उक्त आरोपको खण्डन गर्नुभएको हो ।
सोमबार रिपोर्टर्स क्लबको साक्षात्कारमा सुमनले भन्नुभयो, ‘उपेन्द्र यादवले मधेशी जनतालाई धोका दिएका छन्, सरकारसँग मोटो रकम बुझेका छन्, त्यो प्रमाण मसँग छ, प¥यो भने देखाउन सक्छु ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ